नितेश यादव
१८ भदौ, जनकपुरधाम ।
सिरहा–चौहर्वा सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु मएकाे छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
साँझ करिब ७ बजेको समयमा सिरहा नगरपालिका–११ भलुवाहीस्थित दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
सिरहाबाट चोहर्वा तर्फ आउँदै गरेको स ४ प ४६१० नम्बरको मोटरसाइकल र चोहर्वाबाट सिरहा तर्फ जादै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको डीएसपी घिमिरेले बताए ।
स ४ प ७९२१ नम्बरको मोटरसाइकलमा सवार सिरहाको धनगढीमाई नगरपालिका–१० का अन्दाजी ५१ वर्षीय दिपककुमार पंजियारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको र स ४ प ४६१० नम्बरको मोटरसाइकलमा सवार सिरहा नगरपालिका– ९ गुलरीयाका अन्दाजी ३५ वर्षीय सिल्टु ठाकुरको उपचारको लागि लहान तर्फ पठाइएकोमा बाटोमै मृत्य भएको डीएसपी घिमिरेको भनाइ छ ।
त्यस्तै, ठाकुरको मोटरसाइकलको पछाडि सवार गुलरीयाकै अन्दाजी ३५ वर्षीय जितेन्द्र महरा भन्ने शिवकुमार महराको भुमिजा अस्पताल लहान सिरहामा उपचार भइरहेको र अबस्था चिन्ताजनक रहेको छ ।