१८ भदौ, काठमाडौं । सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ घटेको छ ।
छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।