×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देशको सेवा गर्नेलाई पुरस्कार कि तिरस्कार ?

२० भाद्र २०७७

संस्कृति जोगाउन मान्छे मार्नु पर्ने समय आएको हो त ? कुन शताब्दीमा छौ हामी जहाँ जीवन रक्षा गर्ने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी नै हरेक दिन कुटिनु,अपमानित बहिष्कार हुनुपरेको छ । यिनीहरुलाई कुन पापको परिणाम दिदैछौ जसले आज सम्म मानवकालागि आफ्नो जीवन नै अर्पण गरिरहेका छन ? जहाँ मानवता हुँदैन त्यहाँ धर्म हुन्छ र ? जहाँ धर्म हुँदैन त्यहाँ मानव हुन सम्भव छ र ? काठमाडौ उपत्यका आफैमा आजभोलि जति बाहिरबाट कुरुप देखिँदैछ त्यो भन्दापनि बढी मान्छेका अमानवीय व्यवहार,हत्याहिंसा,छुवाछुत जस्ता कयौ घिनलाग्दा प्रवृतिले कुरूप हुदै गएको छ ।

काठमाडौँ मानवता हराएको सहर हुदै गएको छ । रथको जात्रा हो कि रगतको जात्रा ,विश्वको रोनाको त्रासले स्तब्ध भइरहेकै अवस्थामा हजारौं मानिसको हुल जताततै छ । कोरोना हराएझैँ मानिसहरु एकातिर नाचगान गरिरहेका अर्कातिर सुरक्षाकर्मीहरु सुरक्षा दिन लागिरहेका छन । केही समय पश्चात ढुङगा मुढासँगै हानाहान सुरु हुन्छ । एकजनालाई सक्दो सयौंले कुटेपछि हालत के होला । अरु भलाद्मीहरु भजन गाएको जसरी आँखा चिम्लिरहेका हुन्छन । कतिको टाउकोमा लाग्छ,कतिको खुट्टामा लाग्छ तर कति के भयो कुनै मतलब नै हुदैन किनकि त्यहाँ मानवको होइन दानवको युद्ध रगत जात्रा भइरहेको हुन्छ ।आफ्नै दाजुभाइ कुटिन्छ्न् ,घाइते हुन्छन् । भगवानका मन्दिरहरु जताततै हुन्छन तर मानवता भएको भगवान कोहि देखिदैनन । कोही कसैलाई सुन्न र बुझ्न तयार हुँदैनन बरु मार्न र मर्न तयार हुन्छन । एकले अर्कालाई दबाउन खोज्छन, आफैंलाई बलियो देखाउन लागिरहेका हुन्छन । एकै छिनमा शान्तभुमि रगत भुमिमा रुपान्तरण हुनपुग्छ । प्राय यस्ता दृश्यहरु कि त ढुङ्गे युगमा सुनिन्थ्यो कि काल्पनिक रुपमा फिल्ममा देख्न र सुन्न पाइन्छ तर यि दृश्यहरु भने न काल्पनिक हुन न त फिल्मको नै हुन । यो वास्तविक घटना भने हाम्रो देशको राजधानी काठमाडौंको हो ।

सुन्दा र हेर्दा कहाली लाग्दो देखिन्छ । अचम्म हुनुपर्ने कारण त होइन तर सभ्य, सुन्दर र सुरक्षित देशको एकमात्र राजधानीमा नै यस्तो अप्रत्याशित घटना देख्दा र सुन्दा भने मुटु कापेर आउँछ मानौं कि अब बाँच्ने ठाउँ कहि पनि छैन र कोहि पनि छैन । काठमाडौँ मानव र मानवताको शहर हो भन्ने कुरा एकादेशको कथा झैँ लाग्न थालेको छ । यथार्थमा काठमाडौँ मानवता नै हराएको शहर हुँदै गएको छ । धर्मको नाममा ढुङ्गा पुझ्न थालेको शहरले मान्छे चिन्न छोडेको छ । अब यस्ता घटनाहरु सायदै नसुनेको दिनहोला । लाग्दैछ कि मान्छे कुटपिट गर्नु,मान्छे मार्नु सबैभन्दा सानो र सजिलो काम हो । मानव विवेकशील प्राणी हो भन्ने भन्ने कुरामा आशंका पैदा भएको छ । काठमाडौंमा बसेका मान्छेले सन्सार बुझेका छन भनेर गर्व महसुस हुन्थ्यो तर आज घृणा महसुस भएको छ । कहिले स्वास्थ्यकर्मी लुटिन्छन, कहिले सुरक्षाकर्र्मीहरु मारिन्छन वास्तवमा हामी छौँ कहाँ ?हामीलाई निस्वार्थ बचाउनलागि परेका मानिसहरु प्रति यसरी मरण हुनेगरी जाइलाग्नु कस्तो मानवता हो ,कस्तो प्रवृत्ति हो, कस्तो विवेक हो ? हिजोसम्म कोरोनाले मान्छेलाई चिन्न छोडेको थियो आज आएर मान्छेले मान्छेलाई नै चिन्न छोडेका छ्न । अब साँच्चै कोरोनाको डर भन्दा मानवीय ब्यवहारको डर बढी भएकै हो त ?मानवता भन्ने कुरा मानव मस्तिष्कबाट हराएकै हो त? स्वरुप भने मान्छेको चरित्र भने जनावरको रहेको अर्ध मानव भन्दा फरक नपर्ला ।

देश र जनताको निम्तिआफ्नो जिउज्यानलाई जोखिममा राखेर दिन रात सुरक्षामालागी परेका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीमाथी नै अभद्र , हिंस्रक,अमानवीय घटना भइरहँदा देश सभ्यहुन सक्तैन ।देशको उच्च नेतृत्वले जे भने त्यहीँमान्ने एक ईमानदार प्रहरीहरु माथीजाईलाग्नुमाहामीखुशी मान्छौ । उनिहरुको मन हुँदैन भनेझैं मन्पर्दी बोल्छौ ।अनि ठुलो आवाजमाहामी मिडियामा भन्छौ ( प्रहरीहरुले हामिलाई कुटे,जबर्जस्ती गरे । कहिले आफन्त कुटिन्छ्न,कहिले आमा लुटिन्छ्न,कहिले स्वास्थ्यकर्मी लखेटिन्छ्न,कहिले सुरक्षाकर्मी मारिन्छ्न । कतै आजको मानव समाज आफ्नो अस्तित्व गुमाउन तिर लागेको त होइन ? आफूलाई सामाजिक प्राणी हो भनेर चिन्न छोडेको त होइन ? दिनप्रतिदिन यस्ता राक्षसी स्वभावका घटनाहरु घटिरहने हो भने मानिस र जनावर बिचमा फरक के नै होला र । यस्तो विषम परिस्थितिमा पनि हाम्रै सेवामा खटिएका प्रहरी माथि हातपात गर्ने हामी मान्छे नै हौ त ? मान्छेले मान्छेलाई मार्न लाग्दा ट्वाल्ल परेर बसिरहेका हामी रमितेहरुलाई अरु कुनै जात्रा भने भेटिएन । कोहि मान्छे मर्दा दुख मान्नु पर्ने मानवीय स्वभाव हराएको छ भन्ने उदाहरण प्रष्ट देखिन्छ ।सिंगो देशको राजधानीमै पढेलेखेका सभ्य समाजमा रहेका विवेकशील देखिएका देशको नेतृत्वगर्न सक्ने क्षमता भएका युवाहरूकै हातबाट रक्ताम्मे हुनेगरी देशको सुरक्षाकर्मी नै कुटिनु कति सम्म निन्दनीय वा सराहनीय काम हुनसक्छ ? सबै कुराले सम्पन्न सहरमा बस्ने मान्छेहरु बाटै यस्तो तुच्छ चर्तिकला दिनप्रतिदिन घट्दै जाँदा अरु समुदायको अवस्था कस्तो होला? देशको अभिभावकझै सभ्य कहलिएका व्यक्तिहरु बाटै यस्तो अमानवीय व्यवहार देखिँदा अबका युवाहरु र नयाँ पुस्ताले कस्तो शिक्षा सिक्न सक्छन भनेर आशागर्ने ।

कोरोनाको मारमा कुनै काठमाडौ उपत्यकाका मात्र परेको छैन । सिंगो नेपालका नागरिक परेका छन । सिंगो संसार नै आज ठप्प छ । यी सबै कुरा थाहाहुँदा हुँदै पनि जबर्जस्ती जात्रा गर्नुपर्ने कत्तिको बुद्धिमानी हो , के रथ जात्रा यो वर्ष नहुँदा सबै कुरा समाप्त हुने हो?कतै यो वर्ष बाच्न पाइँदैन किभन्ने हो ?कि कोरोनाभन्दा हामी शक्तिशाली छौ भन्ने दे देखाउन हो ?यही कारणले मानवता बिना मान्छेको स्वास्थ्य भन्दा ठूलो धन हो भन्ने कुरालाई आत्मसात गर्नुपर्ने अवस्थामा खुल्लम खुल्ला हुल बनाएर यसरी निषेधाज्ञालाई अवज्ञा गर्नु के राष्ट्र प्रति जिम्मेवार बन्नु हो ? रक्षक नै भक्षक भएपछि अरु कुरा केको नै गर्न सकिन्छ र ?सिङ्गो देश र हामी बाँचे भोलिका दिनमा मज्जाले जति सकिन्छ जात्रागर्न सकिन्छ । सभ्य समाजका सभ्य नागरिकले आफ्नो कर्तव्यलाई कहिले पनि बिर्सनुहुँदैन। यदिकोही कसैलाई कोरोना लागि हाल्यो भने सिंगो जिल्ला र देश संक्रमण हुन पुग्छ र यसको जिम्मा कसले लिन सक्छ ?यतातिर सबै भन्दा बढी ध्यानदिनुपर्ने हो तर कसैले दिएका देखिदैन । कोरोना सरकार को उदासिन ब्यवहारले मात्र होईन ,हाम्रो उपद्रो प्रबृत्तिले पनि हो । अहिले सरकारलाई सहयोग गर्नुपर्ने युवाहरुले नै दादागिरीको शैली देखाउँदा कसरी नियन्त्रण हुन सक्छ रोग ? सरकारले यसो गरेन उसो गरेन भन्नुको औचित्य के बाँकी हुन्छ होला र ! यस्ता प्रश्नहरूको उत्तर कसले दिन सक्छ ? यस्ता गैरजिम्मेवार कृयाकलापले हामी सभ्य बन्न निकै लामो समय लाग्न सक्छ । अब पनि हामीमा कुनै सकरात्मक चेतनाको रुपान्तरण नहुने हो भने हामी अगाडि होइन पछाडि पुग्नेछौं । उज्यालो होईन अन्धकार यात्रा गरिरहेका हुनेछौ । हरेक पक्षहरूको आफ्नै कमी कमजोरी छन तर एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्ने बाहेक अरु विकल्प देखिँदैन। सरकार सम्बन्धित निकायले जुनसुकै समाजलाई विवेक पूर्ण ढंगले सम्झाई बुझाइ साथमा लिएर यस्तो महामारीबाट जोगिन एकतामा बाँधिनु पर्छ । संस्कृति जोगाउने नाममा कुनै विकृति फैलाउन तिर नलागौं । नागरिक समुदायले आफ्नो अधिकार प्रयोग गर्दैगर्दा आफ्नो दायित्वलाई पनि कसैले बिर्सन हुँदैन। जब हामी घरभित्र मिले पछि मात्र हाम्रो प्रतिष्ठा बाहिर राम्रो हुन पुग्छ। मानवले मानवलाई संरक्षण गर्नुमा नै वास्तविक धर्मको आसय हुन सक्छ ।

मान्छेले मानव हुनुको उदाहरण दिनुपर्छ। सिंगो ब्रह्माण्डको रक्षा गर्नुपर्ने हुन्छ। यस्ता कयौं तुच्छ अमानवीय क्रियाकलाप, हत्या हिंसा, दुव्र्यहार व्यवहारलाई निरुत्साहित पार्न नागरिक समुदाय र सरकार निकाय लेख यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन ढिलासुस्ती गर्नुहुँदैन ।सबैले आफू सभ्यभएर सिङ्गो देशकालागि यो समयमा साथ दिनुपर्छ। नेपाल सरकारले पनि नागरिकको पीर मर्कालाई बुझ्न निकै जरुरत छ । आज हामी जो जति स्वस्थ जिन्दगी बाँचेका छौ, लगातार हाम्रो लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकको ठूलो योगदानले गर्दा नै हो । त्यसकारण हरेक नागरिक समुदाय र सरकार निकायले हरेक स्वास्थ्यकर्मी,सुरक्षाकर्मी ,स्वयंसेवकलाई हौसला ,प्रोत्साहन र सुरक्षा दिन कदापी पनि चुक्नु हुँदैन । यदि उनीहरु माथिनै यस्तो चरित्र देखाउँदै जाने हो भने मानवता नै समाप्त भएर जानेछ । जब एक अर्कालाई सम्मान सत्कार गर्न थाल्छौं तब मात्र समाज सभ्य सुरक्षित र समृद्ध बन्न सक्छ। अब सबैको दिल र दिमागबाट दया, माया,प्रेम , सहयोग,सत्कार, सम्मान, परोपकार ,धर्म ,मानवता भन्ने मानवीय गुणहरु जागृत हुन जरुरत छ ।

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top