×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

मेस्सीले भने – ७० करोड युरो तिर्न नसक्दा बार्सिलोना छोड्न सकिनँ

२० भाद्र २०७७

२० भदौ, एजेन्सी ।
क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्ततस् आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने घोषणा गरेका छन् । सुरुमा बार्सिलोना छाडेर अन्यत्र जान चाहेको बताएको १० दिनपछि उनले मन फेरे र शुक्रबार रातितिर भने- बार्सिलोनामै रहने हो ।

प्रतिष्ठित संचारमाध्यम गोलसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेस्सीले आफू परिवारको आग्रहको कारण नै निर्णय बदल्न बाध्य भएको बताएका छन् । उनले कानुनी उपचारमा जाने विकल्प रहेपनि आफू हुर्किएको क्लबविरुद्ध अदालतको ढोकामा नपुग्ने प्रष्ट पारेका छन् ।

Advertisement
Advertisement

मेस्सीले  दिएको अभिव्यक्ति यस्तो छ :

‘जब मैले बार्सिलोना छोड्ने विषयमा पत्नी र छोरालाई भने, मैले सोच्दै नसोचेको अवस्था सिर्जना भयो । सबैजना रुन थाले र बार्सिलोना नछाड्ने जिद्दी कसे । उनीहरु सहर मात्र होइन आफ्नो स्कुल पनि परिवर्तन गर्ने पक्षमा थिएनन् ।

मैले भने अहिलेको अवस्था भन्दापनि दिर्घकालिन सोचका साथ यो निर्णय लिन खोजेको थिएँ । म अझै केहि वर्ष उच्च स्तरमा खेलेर उपाधि जित्न चाहन्छु । विशेषगरि च्याम्पियन्स लिग उपाधि जित्न चाहन्छु । खेलमा हार वा जित त हुन्छ नै, तर प्रतिस्पर्धा गर्नु उत्तिकै जुरुरी छ ।

‘हामी कमसेकम प्रतिस्पर्धामा उत्रनु जुरुरी छ । हामी रोम, लिभरपुल र लिस्बनमा जस्तो तित्तर बित्तर हुनु हुँदैन । यो सबले पनि मलाई सोच्न बाध्य बनायो र निकै कठिन निर्णय लिन पुगें ।

मैले सोचेको थिएँ की मेरो सम्झौता अनुसार म फ्री ट्रान्सफरमा छोड्न पाउने छु । क्लबका अध्यक्षले पनि सधैं आफ्नो निर्णय सिजनको अन्त्यमा लिने समय छ र बस्न चाहने नचाहने त्यसैबेला निर्णय गर्ने सुझाव दिएका थिए ।

अहिले आएर क्लबले मैले आफ्नो निर्णय जुन १० अगाडि दिएको थिइनँ भन्ने अडान लिएको छ । मैले जुन १० मा लिगमा प्रतिस्पर्धा गरिरहेको बेलामा कसरी निर्णय लिन सक्थें र ? कोरोनाभाइरसका कारण सिजन यसै पछि सरेको थियो ।

म अब यो सिजन क्लबमा नै रहनेछु । मैले क्लबमा बस्नुको एकमात्र कारण भनेको अध्यक्षले मलाई ७ सय मिलियन युरोको रिलिज क्लज नतिरी जान नदिने अडानका कारण हो । कुनै पनि क्लबले ७ सय मिलियन युरो तिर्न असम्भव छ ।

मैले चाहेको भए मुद्दा लड्ने विकल्प पनि थियो । तर म कहिले पनि बार्सिलोनालाई अदालतसम्म लिएर जान सक्दिन । यो क्लबको मलाई माया लाग्छ र यहाँ मैले जीवनमा सबैथोक पाएको छु । यो क्लब मेरो जिन्दगी हो र मैले मेरो जीवन यहीं बनाएको छु ।

बार्सिलोनाले मलाई र मैले पनि क्लबलाई सबैथोक दिएको छु । मैले कहिले पनि क्लबलाई अदालतसम्म लग्छु भनेर सोचेको छैन ।

मेरो छोरा माटिओ सानो छ र अहिले कतै अन्य ठाउँ गरेर बसाईं सार्ने तथा नयाँ जिन्दगी सुरुवात गर्ने भन्ने बुझ्न सकेको छैन । थियागो अलि ठूलो भएकाले केहि बुझ्छ । उसले टिभीमा केहि सुनेपछि मलाई प्रश्न गरेको थियो ।

मैले उसलाई मेरो अवस्थाबारे थाहा हुन दिएको छैन । तैपनि उसले रोइकराई गरेर कतै नजान भानिरह्यो । त्यो समय निकै नै कठिन थियो । म उसको अवस्था बुझ्छु, मलाई पनि कुनै समय त्यस्तै भएको थियो । यस्तो बेला निर्णय लिन कठिन हुन्छ ।

म बार्सिलोनालाई माया गर्छु । मैले यहाँभन्दा राम्रो ठाउँ कतै पनि पाउँदिन । यसका बाबजुद मसँग निर्णय लिने अधिकार भने छ । म केहि नयाँ चुनौती र अवसरको खोजीमा थिएँ । म जहिले पनि बार्सिलोना फर्कन सक्थें, किनभने मैले यहाँ सबथोक पाएको छु ।

Advertisement

मेरो छोरा, मेरो परिवार यहाँ नै हुर्केको हो र यहींका हुन् । मैले क्लब छोड्न चाहनुमा केहि गल्ति थिएँ । यो मेरो आवश्यकता थियो, क्लबको आवश्यकता थियो र सबै पक्षको भलो थियो । मेरो पत्नीले यो अवस्था आउँदा जति दुख लागेपनि मलाई साथ दिइरहिन् ।’

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top