ललितपुर झडपको प्रभाव: ५ जनाभन्दा बढी भेला हुन नपाइने

२० भदौ, काठमाडौँ ।
ललितपुर महानगरपालिका भित्र लगाइएको कफ्र्यु आदेश हटेसँगै प्रशासनले ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै महानगरभित्र आगामी ६ दिनसम्म ५ जना भेला हुन नपाउने गरी सूचना जारी गरेको हो ।

Advertisement

शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी रहेकोमा प्रशासनले सूचना जारी गर्दै रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा जम्मा हुन नपाइने गरी सूचना जारी गरेको हो ।

Advertisement

यसैगरी मीननाथको रथ रहेको आसपास क्षेत्र—पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म पनि भेला नहुने भनेको छ । प्रशासनको निर्णयसँगै त्यहाँ सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नाकाहरुमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । अहिले त्यस क्षेत्रका सडक पनि सुनसान देखिएका छन । स्थानीय प्रशासन ऐन २०२८ को उपदफा ६ (३ क) अनुसारा जारी गरिएको आदेश उलंघन गरेमा कानून अनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।

Advertisement

यसअघि बिहीबार रातो मच्छिन्द्रनाथको रथ जबरजस्ती तानेर स्थानीयले पुल्चोकसम्म ल्याएपछि झडप भएको थियो । प्रशासनले शुक्रबार कफ्र्यु आदेश जारी गरेको थियो । कोरोना संक्रमणको जोखिमका कारण अहिले ललितपुर लगायत उपत्यकाभित्र निषेधाज्ञा भने जारी नै रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top