२१ भाद्र, वीरगन्ज ।
शनिबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ५ सय १० जनाको स्वाब परीक्षण गर्दा ५ महिला सहित १६ वर्ष देखि ६४ वर्ष उमेरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २४ जना पर्सा र २ जना बाराका हुन् । वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकका थप ५ जनामा कोरोना पुष्टि भएको छ ।
वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा २२ जना संक्रमित थपिएका छन् । वीरगन्ज– १२ मुर्लीमा ३ जना, वडा नम्बर ९, १५ र २५ मा २र२ जनामा कोरोना पोजिटिभ देखिएको छ । कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरीका २ जना स्टाफमासमेत संक्रमण देखिएको छ ।
पर्साको कालिकामाई र जगरनाथपुर गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् । बाराको महागढीमाई नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।