२१ भाद्र, काठमडौं ।
डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी अर्याललाई आइतवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्याललाई आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था सामान्य छ। डिआइजी अर्यालले कन्ट्याक्ट ट्रेसिङपछि बिहीबार परीक्षणका लागि स्वाब दिएका थिए। त्यसको रिपोर्ट चार दिनपछि मात्रै आएको उनले बताए।
संक्रमण पुष्टि भएपछि उनी अहिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निवासमै आइसोलेशनमा रहेका छन्।