×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

२२ भाद्र २०७७

२२ भदाै, कञ्चनपुर ।

बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐर कृषि फार्म सञ्चालन गरेका हुन् । रु ५२ लाख लगानी गरेर आफ्नै स्वामित्वको तीन बिघा जग्गामा उहाँले कालिका कृषि फार्म सञ्चालन गरेका छन् ।

फार्ममा साकिनी, घाँटी खुइले, उल्टा प्वाँखे, ककडनाथलगायत स्थानीय जातका एक हजारभन्दा बढी कुखुरा पालिएका छन् । फार्मबाट ४०० बढी कुखुरा बिक्री भएका छन् । कुखुरासँगै फार्ममा कालिज, बट्टाई, लौकाट, चाइनिज बतख टर्की पनि पालिएका छन् ।

स्थानीय जातका कुखुरा भएकाले बजारमा सहजै खपत हुन थालेको बताइएको छ । रु ५०० का दरले जिउँदो कुखुरा बिक्री हुने गरेको छ । स्थानीय जातका कुखुराको माग अधिक भएकाले कुखुरापालनमा संलग्न भएको फार्म सञ्चालक ऐरले बताए । दुई जना कामदारसँगै ऐर दिनभरि कुखुराको हेरचाहमा संलग्न रहनुहुन्छ । कुखुरालाई चारो खुवाउने, अण्डा सङ्कलन गर्ने, फार्मको सरसफाइ गर्ने र कुखुरालगायत बेच्ने कार्यमा उनी लाग्छन् ।

बन्दाबन्दीकैबीच ठूलो रकम लगानी गरी फार्म सञ्चालन गरेका छौँ”, ऐरले भने, “स्थानीय जातका कुखुरा उत्पादन गरी नगरपालिकालाई आत्मनिर्भर बनाउन चाहन्छौँ ।” उनले भने, “स्थानीय जातका कुखुराको अधिक माग छ । तर जोखिम पनि उत्तिकै छ ।” बैंककै रोजगारीका सिलसिलमा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुँदा कुखुरापालन र कृषि कार्यसम्बन्धी अनुभव लिएकाले कृषि फार्म सञ्चालन गर्न सहज भएको उनले बताए । स्थानीय जातका कुखुराका चल्लासँगै बट्टाइका चल्ला उत्पादनको कार्यसमेत फार्ममा हुने गरेको छ । फार्म सञ्चालक ऐरले मेसिनको व्यवस्था गरी ह्याचरीसमेत सञ्चालन गरेका छन् ।

फार्मलाई आवश्यक पर्ने र बाह्य क्षेत्रबाट माग भईआएका आधारमा उनले ह्याचरीमा चल्ला उत्पादनको कार्यसमेत शुरु गरेका छन् । हालसम्म सात हजार कुखुराका चल्ला बिक्री भएका छन् । स्थानीय जातका कुखुराका चल्ला रु ११०, ककड नाथका चल्ला रु १६५ र बट्टाइका चल्ला रु ५५ मा बिक्री हुँदै आएको छ ।

फार्ममा रहका दुई वटा पोखरीमा २० हजार विभिन्न प्रजातिका माछाका भुरा हालेर माछापालनको कार्यसमेत शुरु गरिएको छ । खोर सुधारमा रु दुई लाख र पोखरी निर्माणमा रु ९२ हजार रकम अनुदानका रुपमा ऐरले पाएका छन् । “फार्ममा माछा, कुखुरा र अन्य प्रजातिका पक्षीपालनसँगै होटेल, स्वीमिङ पुलको व्यवस्था गरी एग्रो टुरिजमका लागि कार्य अगाडि बढाउने योजना छ”, फार्म सञ्चालक ऐरले भने, “आफ्नै लगानीले भ्याउन नसकिने भएकाले सरकारले यसका लागि अनुदान रकमको व्यवस्था गरिदिए व्यवसायलाई अगाडि बढाउन सहज हुन्थ्यो ।”

उनले भने, “प्रदेश सरकारले एग्रो टुरिजमलाई बढावा दिने नीति लिएको छ । यसका लागि लगानीको वातावरणसँगै लगानीकर्तालाई प्रोत्साहित गर्नका लागि अनुदान र सहुलियतका कार्यक्रम अगाडि ल्याइनुपर्छ ।” व्यवसाय गर्दै आएका र गर्न चाहने व्यवसायीको मनोबल उच्च राख्नसके मात्रै व्यवसाय फस्टाउन सक्ने उनको भनाइ छ । रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top