२२ भदौ, जनकपुरधाम ।
जनकपुरबाट प्रहरीले सुनचाँदीमा प्रयोग हुने रसायन धातुसहित दुईजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने २० वर्षीय श्याम दास र सोही ठाउँका २२ वर्षीय मो.नुरारी लहेरी छन् ।
सोमबार विशेष सूचनाको आधारमा जनकपुरधाम–५ सोनरपट्टीबाट भन्सार छली सुनचाँदीमा प्रयोग हुने रसायन धातु ओसारपसार भइरहेको सूचना पाएर गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुईवटा साइकलमा सवार उनीहरूको साथबाट १० लाख ६२ हजार ५ सय मूल्य बराबरको अन्दाजी ५० केजी रसायन धातु बरामद भएको छ । नियन्त्रणमा लिइएको रसायन धातु आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।
