चर्को आलोचनापछि रेलको ठेक्का रद्ध

२३ भाद्र, काठमाडौं ।
पूर्व पश्चिम रेल मार्ग बनाउने विवादित ३२ अर्बको ५४ वटा ठेक्का रद्द भएको छ। रेल विभागले आइतबार इनरुवा–काँकडभिट्टा सडकखण्डको रेलमार्गमा (ट्रयाक बेड निर्माण) का लागि आह्वान गरेको ३२ अर्बको ठेक्काका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।

Advertisement

सार्वजनिक खरिद ऐन, महालेखा परिक्षकको कार्यालय र अख्यितार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरीत जग्गा प्राप्ति नै नभइ राजनीतिक पहुँच र प्रभावका आधारमा आह्वान गरिएको ठेक्का रोक्न चौतर्फी दबाब परेपछि सरकार निर्णय लिन बाध्य भएको हो।

Advertisement

ठेक्का रद्द गरिएको बारे रेल विभागले मंगलबार सार्वजनिक सूचनासमेत जारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले पनि ठेक्का रद्द गरिएको जानकारी देश सञ्चारलाई दियो। रेलमार्गमा पर्ने बजार क्षेत्रको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपयोग गरेको जग्गाको मुअब्जा वितरण समेत नगरी निर्माणको ठेक्का लगाउनु गलत भएको भन्दै चर्को विरोध भएको थियो ।

राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्न अनुचित भएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आरोप लगाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top