चीन र भारतबीच फेरि बढ्यो तनाव

२२ भदौ ७७, मंगलबार

२३ भाद्र, एजेन्सी ।
सीमा विवाद सुल्झाउन भन्दै रुसको राजधानी मस्कोमा दुई देशका रक्षामन्त्रीबीच भेट भएको दुई दिनपछि र विदेशमन्त्री स्तरको वार्ताका लागि दुई दिन बाँकी रहँदा भारत र चीनबीच फेरि तनाव देखिएको छ।

सीमामा खटिएका आफ्ना सैनिकहरुतर्फ लक्षित गर्दै भारतीय सैनिकले वार्निङ फायर गरेको चीनले आरोप लगाएको छ। वास्तविक नियन्त्रणा रेखा (एलएसी) मा तैनाथ भारतीय सैनिकले एकपटक फेरि सोमबार गैरकानूनी तरिकाले वास्तविक सीमा रेखालाई पार गर्दै चिनियाँ सीमामा तैनाथ सैनिकमाथि वार्निङ फायर खोलेको आरोप चीनले लगाएको हो।

चीनका अनुसार यसबारे चिनियाँ सेनाले कुराकानी गर्न चाहेको छ तर भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाई उल्लेख गर्दै लेखेको छ ‘अवस्थालाई काबुमा लिन चिनियाँ सैनिकले जवाफी कारबाही गर्नुपरेको थियो।’

Advertisement

समाचार एजेन्सी एएनआईले पनि एलएसी अन्तर्गत पूर्वी लद्दाखमा फायरिंग भएको जनाएको छ। चिनियाँ सेनाका प्रवक्ता सिनियर कर्नल जंग शियूलीले एक बयान जारी गरेर भनेका छन्, ‘भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी इलाकामा एलएसी पार गरे र पंन्गोंग त्सो लेकको दक्षिणी किनारा नजिकैको शेनपाओ पहाडको इलाकामा घुसे।

बयानका अनुसार भारतीय सेनाको यो कदम दुवै पक्षबीच भएको सहमतिको गम्भीर उल्लंघन हो र यो घटनाले सो क्षेत्रमा तनाव बढाएको छ। चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ सैनिकले आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षा गर्ने चेतावनी पनि दिएका छन्।

Advertisement

यो ताजा विवाद यस्तो समयमा पैदा भएको छ जब भारत र चीनका विदेशमन्त्री आपसमा छलफल गर्ने क्रममा छन्। भारतीय विदेश मन्त्री एस जयशंकर मंगलवार चार दिने यात्राका क्रममा मस्को गइरहेका छन्। यस क्रममा एस जयशंकर आफ्ना चिनियाँ समकक्षी वांग यीसँग पनि द्विपक्षीय वार्ता गर्नेछन्। ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top