लकडाउन र निषेधाज्ञामा पनि नियमित अनुगमनः खाद्य विभाग

२२ भदौ ७७, मंगलबार

२३ भदौ, काठमाडौँ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निषेधाज्ञाको समयमा पनि नियमित अनुगमन गरिरहेको बताएको छ । विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले निषेधाज्ञाको अवस्थामा अनुगमनमा जान असहज परिस्थिति भएपनि जनगुनासोलाई सम्बोधन गर्न नियमित रुपमा बजार अनुगमन गरिएको बताए ।

उनले कुनैपनि उपभोक्तालाई खाद्य वस्तुको स्वच्छता र गुणस्तरको बारेमा शंका लागेको खण्डमा फोनबाटै उजुरी दिएमात्रै पनि तत्काल अनुगमनमा जाने व्यवस्था मिलाइएको बताए । कोभिडको अवस्थामा पसल, व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा समेत मापदण्ड तयार गरी सोही अनुसार अनुगमनलाई निरन्तरता दिइएको पनि प्रवक्ता महर्जनले बताए । निषेधाज्ञाको अवस्थामा आवागमनमा असहज हुँदा विभागमा ५० प्रतिशत कर्मचारी आउने गरेका छन् । तरपनि विभागले नियमति अनुगमनको कार्यलाई नरोकेको महर्जनले स्पस्ट पारे ।

Advertisement

विभागले लकडाउन सुरु भएयता खाद्य पदार्थको गुणस्तर सम्बन्धी गुनासोबाट खाद्य पसल, गोदाम, खाद्य उद्योगहरु तथा तरकारी फलफूल बजारको ११० पटक ३ सय भन्दा बढी खाद्य व्यवसायहरुमा निरीक्षण अनुगमन गरेको छ । यसबाहेक कोभिड महामारीको अवस्थामा अपनाउनुपर्ने सावधानी बारे जानकारी तथा सचेतना समेत गराउँदै आएको छ । विभागले कोभिड महामारीको अवस्थामा आकस्मिक निरीक्षण एवं जनगुनासो सम्बोधन तथा प्रयोगशाला जाँच विश्लेषणका लागि ‘¥यापिड रेस्पोन्स टिम’ गठन गरी निरीक्षण अनुगमन तथा प्रयोगशाला विश्लेषण गर्दै आएको प्रवक्ता महर्जनले बताए ।

लकडाउन र निषेधाज्ञाका कारण कार्यालयमा कम कर्मचारी उपस्थित हुने भएकाले उपभोक्ताको उजुरीका आधारमा अनुगमन गरिएको र कुनैपनि व्यवसायीले उपभोक्ताको स्वास्थ्य माथि खेलवाड नगरोस भन्ने उद्देश्य सहित अनुगमनलाई नियमित पारिएको उनको भनाई छ । उपभोक्ताले शंका लागेको खण्डमा विभागको वेबसाइटमा उपलब्ध फोन नम्बर मार्फत जुनसुकै समयमा पनि उजुरी गर्न सकिने प्रवक्ता महर्जनले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top