२४ भदौ, एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या नौ लाख नाघेको छ ।
गएको २४ घण्टामा चार हजार तीन सय बढीको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या नौ लाख ८ सय ७८ जना पुगेको हो ।
गएको २४ घण्टामा दुई लाख ४१ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख २२ हजार भन्दा धेरै भएको छ ।
सङ्क्रमितमध्ये एक करोड ९८ लाख १२ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।
गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ सङ्क्रमित थपिएको र एक हजार एक सय सात जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ ।
अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखी उच्च संख्यामा बिरामी थपिइ रहेका छन् ।