×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

कित्ताकाटको निर्णय कार्यान्वयनमा नभए आन्दोलन गर्ने घरजग्गा व्यवसायीको चेतावनी

२४ भाद्र २०७७

२४ भदौ, विराटनगर ।
सरकारको संसदीय समितिसँग आवश्यक छलफल समेत नगरी मन्त्रीस्तरीय निर्णयबाट भूमिको कित्ताकाट खोल्ने निर्णय गरेको भन्दै अमलोचना भईरहेको अवस्थामा मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ता काट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४ वर्ष अगाडिकै अवस्थामा जग्गाको कारोबार खुलाउने गरी मातहतका कार्यालयलाई पत्राचार गरेकी थिइन । उक्त पत्रको विषयमा घर जग्गा व्यवसायी संघ मोरङले आज एक विज्ञप्ति प्रकाशित गरी यथाशिघ्र निर्णय कार्यान्वयनको माग गरेको छ । जग्गा व्यवसायी संघका अध्यक्ष घनश्याम पोखरेलद्वारा बुधबार जारी विज्ञप्तिमा विगत ३७ महिनादेखि जग्गाको कित्ताकाट (खण्डिकरण) रोकिँदा घरजग्गा व्यवसायको क्षेत्रमा भएको खरबौं लगानी जोखिममा थियो भने लाखौं किसानहरुको दिन दैनिकमा समस्या थपिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा मन्त्रालयको तर्फबाट मन्त्रीज्यूले पठाउनु भएको पत्रको हामी स्वागत गर्दछौं भनिएको छ । विज्ञप्तिमा सरकारको निर्णय अनुसार काम अगाडि बढाउनुको सट्टा मालपोत कार्यालहरुले सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेको गुनासो पनि गरिएको छ । पत्रमा उल्लेख भएअनुसार जग्गाको खण्डिकरण सम्बन्धी पूर्व निर्णयहरु बदर गरिएको स्पष्ट रहेको संघले दाबी गरेको छ । ‘भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्सा डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोका आधारमा हुने गरी र हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभागमार्फत मातहत कार्यलहरुमा निर्देशन दिने भनि गरेको पत्राचारले अहिले जग्गाको कित्ताकाट गर्न गराउन कुनै बाधा नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यति हुँदाहुँदै पनि सरकारी निकायहरुले सरकारको निर्णय कार्यान्वयन गर्नुको साटो उल्झन् खडा गरी आनाकानी गर्ने कार्य गरेकोले तुरुन्त रोक्न माग गरिएको छ । व्यवसायी संघले सरकारको निर्णय कार्यान्वयनमा अवरोध खडा गरिए घरजग्गा व्यवसायीहरु चरणबद्ध आन्दोलनमा अघि बढ्ने पनि चेतावनी दिएको छ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top