×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

काठमाडौँ उपत्यकामा निषधाज्ञा खुकुलो : के खुल्यो ? के खुलेन ?

२४ भाद्र २०७७

२४ भदौ, काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालयहरुले भदौ ३ गतेबाट उपत्यकामा जारी गरेको निषेधाज्ञा सहज भएको छ । भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी राख्दै प्रशासन कार्यलयहरुले केही सेवा क्षेत्र सञ्चालन गर्न दिने निर्णय गरेका हुन ।

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायातहरु जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइने छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै एक सिटमा एक जना र कुल क्षमताको ५० प्रतिशत यात्रु ओसार्न पाउने गरी यातायात खुला गरिएको हो । भाडाका ट्याक्सीमा चालक सहित ३ जना र परिवार भित्रका ५ वर्ष मुनिका बालबालिका २ जना सम्म राखेर सञ्चालन गर्न सकिने छ । चालक र सहचालकले अनिवार्य पञ्जा लगाउनुपर्ने, सवारी साधानको ढोकामै स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने, सवारी दैनिक निसंक्रमित गरेर मात्रै सञ्चाजन गर्नुपर्ने छ । मालबाहक ढुवानीका सवारी साधन सञ्चालनमा वजोर विजोर लागु नहुने र अत्यावश्यक वस्तु सेवाका पसल व्यवसायहरु जुनसुकै समयमा पनि सञ्चालन गर्न पाउने पाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

Advertisement

यसैगरी खाद्यवस्तु, दुध र दुधजग्य पदार्थ, फलफुल, तरकारी, माछा÷मासु विक्रि वितरण गर्ने पसलहरु विहान ११ सम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने भएपनि विकास निर्माणसँग सम्बन्धित सामग्री विधि वितरण गर्ने पसल र ढुवानीका सवारी दिउँसो २ बजेटदेखि ७ बजेसम्म खोल्न सक्ने निर्णय प्रशासनले गरेको छ ।

अनलाइन डेलीभरी सेवा र टेक अवे सेवा दिउँसो १२ बजेपछि मात्रै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने भएको छ । यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु स्वस्थइ मापदण्ड पुरा गरी सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने, भाँडा र भान्साजन्य सोही प्रकृतिका सबै पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने तथा फर्निचर, अटो मोबाइल सम्बन्धि पसलहरु सोमबार र बुधबार मात्र खोलन पाइने नियम लगाइएको छ । फुटपाथ पसल, ठेला ब्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक्स पसल र डिपार्टमेन्टर स्टोरहरु भने विहान ११ बजेबाट सम्म र बेलुकी ४ बजेटदेखि ७ बजेसम्म खोल्न सकिने निर्णय प्रशासनले गरेको छ । सवारी मर्मत सम्बन्धि वर्कसप विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसैगरी उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै गर्नुपर्ने, आवश्यक पर्ने पीपीइ सेट लगायतका स्वास्थय सामथग्री सम्बनिध्त उद्योग कलकारखानाबाट प्रवन्ध गर्नुपर्ने तथा शिक्षा मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्ष सञ्चालन गर्न पाउने निर्णय पनि प्रशासनले गरेको छ ।

विदेश जाने व्यक्तिहरुको हकमा आवतजावत सहजिकरण गर्दै स्वाव परीक्षण गराउने व्यक्ति र कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरु समेत स्वाव परीक्षण गराउने व्यक्तिको रिपोर्ट नआउँदा सम्म होम क्वारेन्टिनमा बस्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयको मापण्ड विपरित हिडडुल गर्नेहरुमाथि संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने जनाउँदै प्रशासनले त्यसको अनुगमन स्थानीय तहका सम्बन्धित वडाहरुले गर्नुपर्ने बताएको छ ।

निषेधाज्ञा केही खुकुलो भएपनि खुल्ला स्थानमा भेला हुन, भडिभाड गर्न, सभा जुलुक गर्न भने नपाइने भएको छ । यस्तै जात्रा, महोत्वसव, भोजभतेर गर्न नपाइने, मठ, मन्दिर, मस्जिद, चर्च लगायत धार्मिक स्थलहरुमा दैनिक नित्य पुजा बोहकका गतिविधि सञ्चालन गर्न नपाउने उनले बताए । चाडपर्व लगायतका धार्मिक, सांस्कृति तथा सामाजिक कार्यका लागि भेला हुन नपाइने, शैक्षिक संस्था संचालन गर्न नपाउने निर्णय पनि प्रशासनले गरेको छ । यस्तै सभा, गोष्टि, तालिम, सेमनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्ज स्थल, शैलुन, व्युटी पार्लटर, स्पा, स्वीमिङ पुल, जिमखाना समहुमा खेलिने खेलकुद र खेल प्रस्तुति प्रदर्शनी, पुस्ताकालय संग्राहलय र चिडियाखाना पनि सञ्चालन गर्न नपाइने भएको छ । उद्योग, व्यापार, व्यवसाय निर्माण कार्य आदीका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड विपरित श्रमिक कामदारको ओसार पोसार गर्ने कार्य गर्न नपाउने उनले बताए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top