×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

आयुर्वेद र अन्य वैकल्पिक चिकित्सा क्षेत्रसँग पनि सहकार्य गर्न जरूरी छ: मन्त्री ढकाल

२४ भाद्र २०७७

२४ भदाै, काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एशिया) ७३ औँ बैठकलाई आज भर्चुअल सम्बोधनका क्रममा उनले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको जनाउँदै त्यस्ता क्षेत्रमा पिसीआर परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गरिएको बताए ।

मन्त्री ढकालले भूकम्प र तत्पश्चात थुप्रै स–साना स्वास्थ्य आपत्कालीन अवस्थाहरूको प्रतिकार्यका सिकाइ गर्दा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूको स्थापना, आपत्कालीन औषधि विकास समूह (इमर्जेन्सी मेडिकल डेभलपमेण्ट टिम), हब अस्पताल सञ्जालको विस्तार कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तयारी र प्रतिकार्यको क्षमता अभिवृद्धिमा मद्दत पुगेको पनि जिकिर गरे ।

“कोभिड–१९ महामारी अन्य स्वास्थ्य आपतकालभन्दा नितान्त भिन्न भए पनि आधारभूत व्यवस्थाले हामीलाई स्थापित संयन्त्रलाई थप सबल बनाउँदै द्रुतगतिमा कार्यान्वयन गर्न मद्दत गरेको छ”, उनले भने, “यस महामारीका बेला स्वास्थ्य सेवाहरू केही हदसम्म प्रभावित भएको भए तापनि नेपालले अत्यावश्यक स्वास्थ्य सेवा र प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न धेरै पहल गरेको छ ।”

उनले नेपालले बन्दाबन्दीको शुरूआती चरणदेखि नै सबै स्वास्थ्य संस्थालाई निरन्तर खोली सेवा दिने कुराको सुनिश्चितता गरेको बताए । मन्त्री ढकालले विश्व स्वास्थ्य सङ्गठनका कर्मचारीले पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै अत्यावश्यक सेवा र जनस्वास्थ्यका गतिविधिको निरन्तरताका लागि महत्वपूर्ण भूमिका खेलेको जनाए ।

उनले महामारीमा अत्यावश्यक सेवाको सुनिश्चितता चुनौतीपूर्ण हुन जाने भन्दै यस चुनौतीको निवारणका लगि टेलिमेडिसिन, कल सेन्टरजस्ता वैकल्पिक सेवा प्रवाह गर्ने संयन्त्रहरू स्वास्थ्य प्रणालीको सुधारका अभिन्न अङ्ग बन्नुपर्ने बताए । विभिन्न बाधा, व्यवधानका बाबजुद नेपालले दादुरा तथा रूवेला खोपको राष्ट्रिय अभियान र १९ जिल्लामा पोलियो भ्याक्सिन अभियान सफलतापूर्वक सञ्चालन गरेको जानकारी दिँदै मन्त्री ढकालले सो क्षेत्रीय समितिले खोपलगायत जेनेरिक औषधिको विश्वव्यापी आपूर्तिमा विशेष भूमिका खेल्ने भएकाले यस क्षेत्रका सदस्य राष्ट्रहरू र स्वास्थ्य समुदायले आआफ्ना कार्यलाई थप बढावा दिई कोभिड–१९ को नियन्त्रणका लागि चाँडै खोपलगायत अन्य प्रविधिगत समाधान पहिल्याउन सकोस् भन्ने कामनासमेत व्यक्त गरे ।

उनले क्षेत्रीय एकतालाई निरन्तर कायम गर्दै यसलाई एक नयाँ उचाइमा पु¥याई विश्वलाई कोभिड–१९ महामारीविरूद्ध लड्न एक अनुकरणीय उदाहरण स्थापित गर्न सक्नुपर्ने बताए । “यो क्षेत्र आयुर्वेद र अन्य वैकल्पिक चिकित्साका क्षेत्रमा निकै नै धनी भएका कारण हामीले सम्भावित समाधान तथा क्षेत्रहरूको पहिचान गरी यस रोगका विरूद्ध सहकार्य गर्न जरूरी छ”, उनले भने, “यसका लागि उपयुक्त अनुसन्धान तथा अभिलेखीकरण गर्नु उपयुक्त हुनेछ ।” मन्त्री ढकालले सन् २०१९ मा नेपालले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको भन्दै अब क्षयरोग अन्त्य गर्ने अभियानमा रहेको जानकारी पनि दिए ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top