×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

सेना परिचालन हुन सक्दछ: प्रधानसेनापति थापा

२५ भाद्र २०७७

२५ भदाै, काठमाडौं ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गरेका छन् । दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा बुधबार यहाँ आयोजित वरिष्ठ सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गरे ।

शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनु पर्नेमा जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको उल्लेख गरे । “संविधान प्रदत्त दायित्वको पालना गर्दै नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षालाई सर्वोपरि मानेर अघि बढ्दै आएको छ”, उनले भने, “राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र हामी सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेका छौँ ।”

शान्ति सुरक्षाको दायरा फराकिलो हुँदै गएको सन्दर्भमा सुरक्षाको दायित्व सबैको उत्तिकै महत्वपूर्ण रहने बताउँदै उनले नेपाली सेनालाई राष्ट्रिय शक्तिको भरपर्दो सङ्गठनको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । सेनाको लोकतान्त्रीकरण गरी व्यावसायिक रुपमा अगाडि बढाउँदै लगिएको प्रसङ्ग उल्लेख गर्दै उनले नागरिक सर्वोच्चताको बारेमा सबैको बुझाइ एउटै हुनुपर्ने बताए । देशका सबै जिल्लामा सेनाको उपस्थिति रहँदा स्रोत र साधन अपर्याप्त हुने हुँदा सेनाको व्यारेक स्तरोन्नति र स्तरीकरण गर्ने दीर्घकालीन सोचसहित प्रदेश नं २ को बर्दिवासमा एकीकृत व्यारेक प्रणाली शुरु गरिएको र यसै वर्ष घनगढीमा पनि कार्यारम्भ हुन लागेको जानकारी दिए ।

प्रधानसेनापति थापाले सेनाको महत्वबारे नागरिकलाई अनुभूत गराउन नागरिक सैनिक सम्बन्धलाई गहिरो बनाउन विभिन्न तहमा अन्तरक्रिया र सामाजिक कार्यलाई तीब्रता दिइएको उल्लेख गरे । उनले राष्ट्रिय सुरक्षा र नागरिकको सूचनाको हक अन्तरसम्बन्धित रहेको बताउँदै पारिस्परिक सम्बन्ध र समन्वयबाट मात्रै राष्ट्रिय लक्ष्य हासिल हुन सक्ने बताए । मिडिया र सैनिकबीचको सम्बन्धलाई घनिष्ट तुल्याउन केन्द्रदेखि बाहिनीपति र युनिट तहसम्म उपयुक्त संस्थागत संरचना निर्माणमा जोड दिइएको उनले बताए ।

सन्तुलित, खोजपूर्ण र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उनले नागरिकले अपेक्षा गरेको सेना बनाउन सञ्चार क्षेत्रले पनि मियोको रुपमा काम गर्नसक्ने विश्वास व्यक्त गरे । उनले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ को नियन्त्रणमा आइसोलेन, क्वारिन्टिन व्यवस्थापनदेखि औषधि आयात, सीमा नियन्त्रण, तेस्रो मुलुकबाट आएका यात्रुको व्यवस्थापन, शव व्यवस्थापनलगायत विभिन्न कार्यमा सेनाले अन्य सुरक्षा अङ्ग र सरकारी निकायसँगको सहकार्यमा कार्यहरु गर्दै आएको बताए ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा औषधि आयातको क्रममा रक्षा मन्त्रालयसँग कुनै विवाद नरहेको स्पष्ट गर्दै उनले भने, “सरकारको निर्णयवमोजिम नै रक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार प्रक्रियागतरुपमा खरिद गरिएको हो, यसमा कुनै द्वीविधा छैन ।” कोभिड नियन्त्रणका लागि सेना परिचालन हुन लागेको हो भन्ने अर्को जिज्ञासामा प्रधानसेनापतिले भने, “सेना राष्ट्रिय विपद्को अवस्थामा परिचालन गरिनुपर्छ, अहिले पनि राज्यलाई त्यस्तो महसुस भएको खण्डमा सेना परिचालन हुन सक्दछ ।”रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top