×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्नुपर्छ : विज्ञ

२५ भाद्र २०७७

२५ भदाै, काठमाडौं ।

चिसीएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरुले सुझाएका छन् । उनीहरुले नेपाल-भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

“मित्रराष्ट्र भारतसँगको सम्बन्धको समस्याको प्रमुुख जरो पत्ता लगाउनुपर्छ, उच्च कूटनीतिक पहलमार्फत दुई देशमा देखिएका समस्याको समाधान गर्न जरुरी छ” पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, “सार्वभौमसत्ताको सिद्धान्त, पारस्परिक लाभ र साझा हितका निम्ति दुवै देशको हितअनुकूल काम गर्नुपर्छ ।” उनका अनुसार देशमा कुनै पनि प्रकारको बाह्य हस्तक्षेप सैह्य हुँदैन । नेपाललाई हेर्ने भारतको दृष्टिकोण सार्वभौमसत्ता मुलुकको रूपमा हुनसकेको छैन ।

“इतिहासदेखि लादिएका सीमाको समस्या छ, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ, दुवै देशको आवश्यक चासोलाई मिलेर समाधान गर्नुपर्छ”, नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले भने, “सन् १९५० को सन्धिले दुई देशको सम्बन्धलाई परिभाषित गर्न खोजे पनि सार्वभौमसत्ता सम्पन्न देशबीच असमान, कुन्ठित खालको छ, त्यो १९५० सन्धिलाई खारेज गरी नयाँ तरिकाले अघि बढनुपर्छ ।” उनले नेपालाई हेर्ने भारतको दृष्टिकोण, नीति, निर्णयमा समस्या रहेको स्पष्ट पारे ।

नेपाल–भारत सिमानामा रहेको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या समाधानका सरकारले संविधान संशोधन गरिसकेको छ । नेपालले दुई देशबीचको समस्या समाधानका लागि पटक–पटक कूटनीतिक नोटसमेत भारतलाई पठाइसकेको छ ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाल–भारत सम्बन्धमा अतिक्रमित भूभाग कसरी फिर्ता गर्ने भन्ने विषय मुख्य भएको बताए । उनले चीनको उपस्थित नेपालमा हुनुलाई भारतले अन्यथा लिन नहुने भन्दै दुवै छिमेकी मुलुकमा नेपालको उचितकै सम्मान रहेको बताए ।

पूर्व अर्थ तथा पराराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर भारतसँगको सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए । “नेपालको सरकार र राज्य बलियो हुनुपर्छ, नेपालले भारत र चीनसँगको सम्बन्धमा दुवैलाई विश्वास दिलाएर लैजान सक्नुपर्छ”, उनले भने ।

भारतका लागि नेपाल सबैभन्दा ठूलो बजार भएकाले उसले नेपाललाई सुविधा दिएको उल्लेख गर्दै उनले भने, “नेपालको कमजोरीलाई लिएर भारतले खेल्ने काम गर्नुहुँदैन, अवरोधहरु हटाउनुपर्छ । नेपालले आफ्नो भूमि गुम्न नदिने तरिकाले अडान र बलियो भएर जानुपर्छ, सरकार बलियो र नेपालीमा एकता बलियो हुनुपर्छ ।”

“नेपाल आन्तरिक रूपमा बलियो हुन जरुरी छ, भारतलाई देशमा प्रयोग गर्ने कुनै पनि ठाउँ दिन हुँदैन, प्रशासन, गुप्तचर खटाउने काम गरेको छ”, पूर्वसचिव तथा पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भने, “नेपाल आन्तरिकरूपमा बलियो हुनुपर्छ र भारतलाई नेपालको कुनै पनि विषयमा प्रवेश गर्नबाट रोक्नुपर्छ ।”

अर्थविद् डा.गोविन्दबहादुर थापाले भने, “व्यापारिक कारोवार, दुईतीन वर्षअघि पनि आएको थियो । स्वार्थ राखेर नेपालको लोकतान्त्रिककारणको आन्दोलनमा सहयोग गर्यो । नून, तेल, ग्यास, खाद्य सामग्री भारत र तेस्रो मुलुकबाट पनि भारत हुँदै आउँछ । स्थायी किसिमको सम्बन्ध भारतसँग हामीले प्रयास गरेकै छैन ।” उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकको बारेमा भारतीय मिडियामा वास्तविकता नबुझीकन प्रसार भएकाले समस्या पैदा भएको त्यसको स्थायी समाधान खोज्नुपर्ने बताए ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top