×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्रिकेट खेलाडीले पाए एक वर्षको तलब

२५ भाद्र २०७७

२५ भदौ, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक वर्षको रकम क्यानले बुधबार २२ जना खेलाडीको बैंक खातामा जम्मा गरिदिएको हो । यो सन् २०१९ को वर्षभरिको तलब हो ।

क्यानले यसअघि आईसीसीको मागअनुसार २२ खेलाडी र एक जना टेक्निकल एनालिस्टसहित २३ जनाको विवरण आईसीसीमा पठाएको थियो । त्यहीअनुसार सेप्टेम्बर १ मा आईसीसीले रकम निकासा गरेको थियो । पछिल्लो पटक नेपाली खेलाडीले २०१७ र २०१८ को तलब २०१९ को फेब्रुअरीमा एकुमष्ट प्राप्त गरेका थिए ।

Advertisement
Advertisement

यसपटक तीन ग्रेडमा रहेका सबै खेलाडीहरुले १० हजार बढी तलब पाउनेछन् । क्यानले १० हजार बढाउन गरेको प्रस्ताव आईसीसीले स्वीकार गरेर तलब पठाएको हो । जसअनुसार ग्रेड ‘ए’ का खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ का खेलाडीले ३५ हजार र ग्रेड ‘सी’ का खेलाडीले २५ हजार पाउने छन् । अब ‘ए’ ग्रेडका खेलाडीले एक वर्षको एकमुष्ट ५ लाख ४० हजार पाएका छन् । यस्तै ‘बी’ ग्रेडका खेलाडीले ४ लाख २० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३ लाख पाएका छन् । यस्तै टेक्निकल एनालिष्ट रमन शिवाकोटीले ‘सी’ ग्रेडका खेलाडीको बराबर तलब पाउनेछन् ।

Advertisement

ग्रेड ‘ए’ मा ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी छन् । यस्तै ग्रेड ‘बी’ अभिनाष बोहरा, आरिफ सेख, वसन्त रेग्मी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप झोरा र सुसन भारी छन् । ग्रेड ‘सी’ मा भने इशान पाण्डे, कुलश भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र रसिद खान छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top