वैशाखयता बाढीपहिरो र चट्याङमा परी ३४६ जनाको मृत्यु, ८५ जना अझै बेपत्ता

२५ भदौ, काठमाडौं । वैशाखयता मात्र पहिरोमा परेर दुई सय ५०, बाढीमा ३९, चट्याङमा परी ५७ जना सहित तीन सय ४६ जनाको ज्यान गएको छ ।

Advertisement

यस्तै सोही अवधिमा बाढी पहिरोमा परेर ८५ जना सम्पर्कविहीन छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा विपदमा परेर तीन सय ९७ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर चार जनाको ज्यान गएको छ । विभिन्न जिल्लामा ६ वटा प्राकृतिक विपदका घटना भएका छन् ।

Advertisement

पहिरोमा एक महिला र दुई पुरुष तथा चट्याङमा एक पुरुषको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गएको १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका ९ को भुसुण्डे, दुनेपोखरा र लाकुरीबोटमा गएको पहिरोमा ९३ वटा घर बगाउँदा हराइरहेका तीन जनाको शव भेटिएको छ । यो पहिरोमा २१ जनाको ज्यान गएको छ । १९ जना अझै सम्पर्कविहीन छन् । यस्तै चार जना घाइते छन् ।

Advertisement

बाग्लुङको ताराखोला गाउँपालिका ३ को सिलमारेमा घरमा परेको चट्याङ लाग्दा एक पुरुषको ज्यान गएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top