२६ भदौ, जनकपुरधाम ।
प्रादेशिक अस्पताल जनकपुरमा महोत्तरीका कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको मनरासिसबा नगरपालिका बथनाहाका ६५ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
उच्च रक्तचापको समस्याबाट ग्रसित ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारको लागि भदौ १९ गते प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश २ समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । योसंगै महोत्तरीमा कोरोनाबाट मृत्युु हुनेको संख्या १२ पुगेको छ ।