२७ भाद्र, बाँके ।
बाँकेमा शनिबार थप ४० जना नयाँ संक्रमित फेला परेका छन्।
भेरि अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा ३५ जना र बागेश्वरी ल्याबमा परीक्षण गर्दा थप ५ जनामा संक्रमन पुष्टि भएको छ। जसमध्ये १२ महिला र २८ पुरूष छन्। शनिबार भेटिएकामध्ये ८ जना मालपोत कार्यालयका कर्मचारी रहेका छन्। योसँगै बाँकेमा मात्रै कुल संक्रमितको संख्या १ हजार ४ सय ४ जना पुगेको छ।
त्यसमध्ये ४ सय १४ जना सक्रिय संक्रमित छन्। शनिबार बाँकेका १५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। हालसम्म कुल ९ सय ८५ जना उपचारपछि घर फर्किएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। हालसम्म बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ।