×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

भरतपुर अस्पतालमा आठ कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति

२८ भाद्र २०७७

२८ भदाै, चितवन ।

भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठ गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल दुई गर्भवती उपचाररत छन् । अस्पतालले सङ्क्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरुबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटरसहितको व्यवस्था मिलाएको छ । सङ्क्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्यसँग सम्पर्क नहुने गरी व्यवस्था गरिएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा रामप्रसाद सापकोटाका अनुसार सङ्क्रमणपछि अस्पतालमा प्रसूति गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन् । उनीहरुबाट जन्मिएका नवजात शिशुमा सङ्क्रमण देखिएको छैन । हालसम्म सुत्केरी भएर गएकाहरुको समस्या नआएको उनको भनाइ छ ।

सङ्क्रमितमध्ये तीनको साधारण र पाँच जनाको शल्यक्रिया गरिएको हो । तीमध्ये शल्यक्रिया गरिएका दुई जनाको पछि सङ्क्रमण पुष्टि भएको हो । डा सापकोटाका अनुसार प्रसूति गरिएकामध्ये तीन नवलपरासी, दुई चितवन तथा गोरखा, सप्तरी र मकवानपुरका एकएक जना छन् ।

अस्पतालमा अहिले दैनिक ३० भन्दा बढी प्रसूति हुँदै आएका छन् । अस्पतालले सङ्क्रमित र अन्यको फरकफरक ठाउँमा उच्च सावधानीका साथ प्रसूतिसहित उपचार गराउँदै आएको अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चितवनसहित विभिन्न जिल्लाबाट यहाँ प्रसूति गराउन र उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष १३ हजारभन्दा बढीको प्रसूति यसै अस्पतालमा गराइन्छ । राजधानीको परोपकार प्रसूतिगृहपछि धेरै बच्चा जन्माउने अस्पताल भरतपुर हो । उनले भने, “शुरुदेखि नै सङ्क्रमित र अन्यको फरक फरक ठाउँमा सावधानी अपनाएर उपचार गरिएकाले निजीमा भन्दा सरकारी सुरक्षित ठानेर धेरै बिरामी आउने गरेका छन् ।”

अस्पतालमा प्रसूति सेवा निःशुल्क छ । अस्पतालमा लामो समययता व्यथा लागेकादेखि सुत्केरी गराउनेसम्म काम गर्ने अनुभवी स्वास्थ्यकर्मी भएकाले प्रसूति गराउनेहरुको पहिलो गन्तव्य भरतपुर अस्पताल हुने गरेको छ । अस्पतालमा जन्मिसकेका बच्चालाई समस्या परेमा राख्नका लागि बाल सघन उपचार कक्ष पनि रहेको छ ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top