सरकारको आदेश विपरित काठमाडौँमा सबैखाले पसल खुले

२८ भदौ, काठमाडौँ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको आदेश विपरित काठमाडौं उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ । उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो बनाई सातामा तीन दिन पसल सञ्चालन गर्न पाउने गरी दिन नै तोकेको छ । तर हरेक दिन सबैजसो पसल व्यवसाय सञ्चालन हुन थालेका छन् । जसका कारण काठमाडौंको न्यूरोड, असन, महाबौद्ध क्षेत्रमा भिडभाड बढेको छ ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो पार्दै पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । जस अनुसार खाद्यवस्तु, दुधजग्य पदार्थ, फलफुल, तरकारी, माछामासु लगायतका पसलहरु दैनिक विहान ११ बजे सम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने छ । तर सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य सोही प्रकृतिका सबै पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइनेछ । फर्निचर, अटो मोबाइल सम्बन्धि पसलहरु भने सोमबार र बुधबार मात्र खोल्न पाइने नियम लगाइएको छ । तर आइतबार उपत्यकाका विभिन्न बजार क्षेत्रमा पुग्दा सबैखाले पसलहरु सञ्चालनमा आएको पाइएको छ । त्योपनि तोकिएको मापदण्ड पालना नगरी ।

Advertisement

काठमाडौंको इन्द्रचोक, असन, महाबौद्ध लगायतका व्यापारिक क्षेत्रमा पुग्दा अधिकांश पसलहरु सञ्चालनमा आएका छन् । सरकारले तोके अनुसार आज (आइतबार) भाँडा र भान्सा जन्य पसलहरु, अटोमोबाइल, फर्निचार मात्रै खोल्न पाईन्छ । तर सबै फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल समेत खुलेको पाइएको छ । जुन सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने छ । सरकारको आदेश विपरित सञ्चालनमा आएका यस्ता पसलहरुमा मापदण्ड समेत पालना नभएको पाइएको छ । केही व्यवसायीहरु मास्क समेत नलगाएका देखिन्छन् । बाजरमा किनमेल गर्न पुगेका उपभोक्ताहरु पनि व्यवसायीहरुले कोभिड संक्रमण रोकथामका लागि कुनैपनि मापदण्ड पालना नगरेको बताउँछन् ।

Advertisement

सरकारले फुटपाथ, ठेला व्यापार, स्टेशनरी पसल, इलोक्ट्रोनिक्स पसल, डिपार्टमेन्टल स्टोर लगायतलाई बिहान ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म मात्रै खोल्न पाउने नियम बनाईदिएको छ । तर यस्ता पसलहरु दिनभर खुल्ने गरेका छन् । सरकारले पसल सञ्चालनमा मापदण्ड पालना भए नभएको अनुगमन नगर्दाको फाइदा व्यवसायीहरुले भरपुर लिएका छन् ।

Advertisement

भर्खरको समाचार

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top