×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

इजरेलमा चाडपर्वकै बेला देशव्यापी लकडाउन, विरोधस्वरुप एक मन्त्रीले दिए राजीनामा

२९ भाद्र २०७७

२९ भाद्र, एजेन्सी ।
कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै इजरेल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको छ।

आउँदो शुक्रवारदेखि शुरू हुने दोस्रो लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहनेछ। प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण चर्को मूल्य चुकाउनुपर्ने बताएका छन्, तर देशमा दैनिक चार हजारसम्म नयाँ सङ्क्रमित थपिने गरेका छन्।

एक मन्त्रीले महत्त्वपूर्ण यहुदी चाडपर्वहरूसँग लकडाउन जुध्ने भएकोले सरकारको निर्णयप्रति विरोध जनाउँदै पदबाट राजीनामा दिएका छन्। कट्टर यहुदी पार्टीको नेतृत्व गर्ने आवास मामिला मन्त्री याकुब लिसम्यानले लकडाउनसम्बन्धी नियमका कारण मानिसहरूले यहुदी पात्रोमा पर्ने सबैभन्दा पवित्र दिन योम किपूरसहितका चाडपर्वहरू मनाउनबाट वञ्चित हुने बताए।

उनले वर्तमान गठबन्धन सरकारबाट अलग हुने पनि चेतावनी दिएका छन्। इजरेलमा हालसम्म कोरोनभाइरसबाट १,१०८ जनाको मृत्यु भएको छ भने १,५३,००० जना सङ्क्रमित भएको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

के छन् नयाँ प्रतिबन्धहरू ?
करिब ९० लाख जनसङ्ख्या रहेको इजरेलमा पछिल्ला सातामा दैनिक तीन हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन्।

आइतवार एउटा टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री नेतन्याहुले त्यो बढेर दैनिक चार हजारसम्म पनि पुगेको बताए। पहिलो लकडाउनभन्दा कडा हुने भनिएको दोस्रो लकडाउनमा १० जनाभन्दा बढी व्यक्ति घरभित्र भेला हुन पाउने छैनन् तर घरबाहिर २० जनासम्म त्यसरी भेला हुन पाउने छन्।

विद्यालय तथा किनमेल केन्द्रहरू बन्द रहने छन् भने कार्यस्थल जान पाउनेबाहेक घरदेखि ५०० मिटर टाढा जान पाइने छैन। गैरसरकारी तथा व्यापार व्यवसाय खुला रहने छन् तर ग्राहकहरू छिर्न पाउने छैनन्। प्रधानमन्त्री नेतन्याहुले परिवारका सदस्यहरू भेला भएर मनाउने गरिएका धार्मिक बिदाहरू लकडाउनका कारण प्रभावित हुने कुरा स्वीकारेका छन्।

इजरेली अर्थमन्त्रीका अनुसार दोस्रो लकडाउनबाट मुलुकले १।८८ अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोर्नेछ। विगत २४ घण्टामा विश्वमा हालसम्मकै सबैभन्दा बढी तीन लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।(बीबीसी)

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top