सिराहाकी कोरोना संक्रमित महिलाको जनकपुरमा मृत्यु

२९ भदौ ७७, सोमबार

२९ भदौ, जनकपुरधाम ।
कोरोना संक्रमणबाट सिराहाकी थप एक महिलाको मृत्यु भएको छ । योसँगै सिराहामा कोरोना भइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या ११ पुगेको छ ।

Advertisement

सिराहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर घर भएकी ३३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिराहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

लामो समयदेखि ज्वरो आइरहेको ती महिला जनकपुर स्थित काव्या अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमै पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो । उपचारकै क्रममा उनको आइतबार साँझ मृत्यु भएको स्वास्थ्य प्रमुख यादवले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top