प्रहरी हवल्दारलाई स्थानीयले भेटे आपत्तिजनक अवस्थामा

२९ भदौ ७७, सोमबार

२९ भदौ, जनकपुरधाम ।
धनुषामा एक प्रहरी हवल्दार महिलासँग आपतिजनक अवस्था फेला परेका छन । धनुषाको शहिदनगर नगरपालिका–३ यदुकोहा स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार प्रेम नेपालीलाई आइतबार राति १० बजे स्थानीयले आपत्तिजनक अवस्थामा पक्राउ गरको हुन् ।

Advertisement

हबल्दारलाई स्थानीयले कुटपिट गरी महिलासहित इलाका प्रहरी कार्यालयय दुकोहामा जिम्मा लगाएका छन् । प्रहरीमा जिम्मा लगाएपनि कारबाहीको लागि प्रहरी हबल्दार र ती महिलालाई मेडिकल नगराई घटना मिलाउन खाजेको स्थानीय बासिन्दाले बताएका छन् ।

यता इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपकबाबु केसीले हबल्दार ती महिलाको घरमा जाँदा महिलाले चोर चोर भन्दै हल्ला गरेपछि स्थानीयले पक्राउ गरी कार्यालयमा जिम्मा लगाएको बताएका छन् । प्रहरी हबल्दार र महिला इलाका प्रहरी कार्यालयमा रहेको र घटना विषयमा अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top