२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या ५५ हजार नाघेको छ ।
कुल संक्रमित ५५ हजार ३ सय २९ मध्ये हाल आज १५ हजार ३ सय ९३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।
आज मात्र ८ सय ७९ जना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचारपछि निको हुनेहरुको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।