मोरङमा ५५ सहित प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए

२९ भदौ,विराटनगर ।
प्रदेश १ मा आज सोमबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहा नरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमल गाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८२९ पुगेको छ ।

प्रदेश १ मा आज सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४८३ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top