नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १५ जनाकाे मृत्यु

२९ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १० पुरुषजना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक महिला सहित ६ जना गरी उपत्यकाभित्र ८ जनाको मृत्यु भएको छ । काठमाडौंमा एकजना ६१ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ७७, ६२, ७३, ८५ र ७० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ५५ र भक्तपुरमा ७३ वर्षिय पुरुष तथा रामेछापमा २३, मोरङमा ४० र ७० वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको उनले बताए । यस्तै गोरखामा ६३, नवलपरासीमा ६२, पर्सामा ५५ र कपिलवस्तुमा ४७ वर्षिया महिलाको मृत्यु छ । योसँगै नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

आज देशभरी १ हजार १ सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ८ सय ७८ पीसीआर परीक्षण भएकोमा ३ सय ९९ महिला र ७ सय ७१ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ३७, प्रदेश नम्बर २ मा ९ सय ३३, बागमती प्रदेशमा ४ हजार १ सय र गण्डकी प्रदेशमा ८ सय १४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ५२, कर्णाली प्रदेशमा २ सय ७८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना संक्रमित रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय १७, प्रदेश नम्बर २ मा १ हजार ५४, बागमती प्रदेशमा ३ हजार ८ सय ७ र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यसैगरी प्रदेश नम्बर ५ मा ७ सय ७८, कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ जना गरी देशभरी ७ हजार २ सय ७५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आज आइसियुमा देशभरी १ सय ७९ र भेन्टिलेटरमा २९ जना संक्रमित उपचाररत रहेका छन ।

आज ८ सय ७९ जना संक्रमित मुक्त भएर डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ८ सय ८५, प्रदेश नम्बर २ मा ११ हजार ५६, बागमती प्रदेशमा ७ हजार ८ सय १९ र गण्डकी प्रदेशमा २ हजार २ सय ७० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ५ सय, कर्णाली प्रदेशमा २ हजार ५ सय २५ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ९ सय २१ जना गरी आजसम्म ३९ हजार ५ सय ७६ जना संक्रमित मुक्त भएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top