साउदीको रियादबाट नेपाल एयरलाइन्सले थप ४ उडान भर्ने

३० भदौ ७७, मंगलबार

३० भदौ, दोहा ।
साउदी अरवको रियादबाट काठमाडौंको लागि थप ४ वटा चाटर उडान हुने भएको छ। साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान हुने तालिका सार्वजनिक गरेको हो।

Advertisement

दूतावासका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर १७, १९, २३ तथा २७ तारिख रियादबाट उडान हुने जनाउँदै नेपाल जानका लागि आफूलाई पायक पर्ने मितिमा टिकट लिन सकिने जनाएको छ ।

साउदी अरवबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा लिनुपर्ने जनाएको छ ।

Advertisement

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी चार्टर्ड उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।

Advertisement

यसघि दूतावासले सार्वजनिक गरेको उडान तालिका अनुसार नेपाल एयरलाइन्सले सेप्टेम्बर १८, १९,२०,२४ र २८ तारिखमा दमामबाट उडान गर्नेछ । यसैगरी, हिमालय एयरलाइन्सले सेप्टेम्बर १६,१७,२२,२६ तथा २९ मा रियादबाट उडान गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

टिकटका लागि नेपाल तथा हिमालय एयरलाइन्सका सम्बन्धित प्रतिनिधिलाई सम्पर्क गर्न सकिने छ भने दूतावासको सूचनाको बेवास्ता गरि गैरकानुनी व्यक्ति, स्थान वा एजेन्सीहरुबाट टिकट खरिद गरेमा व्यक्ति स्वयं जिम्मेवार हुने समेत दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top