बीपी प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी कोरोना संक्रमित

२९ भदौ ७७, मंगलबार

३० भाद्र, धरान ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी कोरोना संक्रमित भएका छन् ।

उपकुलति गिरीले बीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् । उपकुलपति गिरीको आइतबार स्वाब संकलन गरी प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै र साथै दुई हप्ताको अन्तरालमा नियमित परीक्षण गर्दैगर्दा पनि मलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।’

Advertisement

कोरोना पुष्टि भएपछि प्रतिष्ठानको आफ्नै आवासमा आइसोलेसनमा बसेको उनले जनाएका छन् । उनले प्रतिष्ठानको हितमा विभिन्न नीति निर्माण गर्दै कार्यालयको दैनिक काममा व्यस्त रहँदा संक्रमण भएको पनि खुलाएका छन् । उपकुलपति गिरीले आफूसँग सम्पर्कमा आएका सबैलाई पीसीआर जाँच गरेर सजगता अपनाउन पनि अनुरोध गरेका छन् ।

आफू होम आइसोलेसनमा बसे पनि प्रतिष्ठानका दैनिक कार्यहरु आइशोलेसन कक्षबाटै नियमित रुपमा सञ्चालित हुने र तत्काल आइपर्ने समस्याहरु आफ्नो सचिवालयमार्फत समन्वयमा समाधान गर्ने पनि जानकारी दिएका छन् । प्रतिष्ठानका चिकित्सक, नर्स, हेल्पर, उनीरुका परिवार गरी हालसम्ममा ६० जनाभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top