×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

द्रुतमार्गको कामले पुनः गति लिँदै

३१ भाद्र २०७७

३१ भदाै, काठमाडौं ।

कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई/मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको छ । निर्माण आयोजनाको कामकारवाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

आयोजनाका लागि छनोट भएको अन्तर्राष्ट्रिय परामर्शदाताको टोली प्रमुख र स्थानीय विषय विज्ञसमेतको टोलीले स्थलगत सर्भेको काम शुरु भएको छ । कोभिड–१९ कारण पूरै टोली परिचालन हुन बाधा पुगे पनि थोरै जनशक्ति प्रयोगबाट अधिक काम भइरहेको जानकारी दिइएको छ । सेनाका अनुसार महादेवटार, धेद्रे र लेनडाँडामा निर्माण गर्नुपर्ने सुरुङका लागि भू–गर्भसम्बन्धी अध्ययन पूरा गरी प्रतिवेदन तयारीको काम भइरहेको छ । त्यहाँ अहिले सुरुङका लागि ड्रिलिङ गरी नमूना परीक्षणको काम भइरहेको जानकारी दिइएको छ ।

आयोजनालाई दू्रतगतिमा अघि बढाउन पहुँच मार्ग र बेलीब्रिज जडानको काम भइरहेको तथा सुरुङमार्गको ठेक्का व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय निर्माण व्यवसायीसँग पूर्व योग्यता निर्धारणका लागि सूचना प्रकाशित गरिएको छ । आयोजनाका अनुसार निर्माणमा सहभागी हुन चाहने कम्पनीले आगामी असोज १४ गतेभित्र योग्यतासम्बन्धी काजजात बुझाउनुपर्नेछ । आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसकेको तथा वातावरणसम्बन्धी गहिरो अध्ययन अनुसन्धानको आन्तरिक मूल्याङ्कन प्रभावको पूर्वतयारीको काम भइरहेको छ ।

आयोजनालाई अघि बढाउने सिलसिलामा चार किलोमिटर क्षेत्रको ढुङ्गा र माटो हटाउन र भर्न प्रतिस्पर्धाबाट १२ वटा प्याकेज बनाएर काम अघि बढाएको जनाइएको छ । आयोजना क्षेत्रमा कटान गर्न बाँकी रहेका एक हजार १५० कटान गर्न बाँकी रहेकामा अब केही दिनमै काम शुरु गरिने तथा कटान भएका रुखको अनुपातमा रोप्नुपर्ने एक लाख सात हजार ११८ वृक्षरोपण गरिसकिएको आयोजनाले जनाएको छ । आयोजनाका लागि मकवानपुरमा ९९ रोपनी जग्गा अधिकरण गर्न पूर्जा तयार भएको तथा मुआब्जाकोे वितरण प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top