१ असाेज, दोहा ।
कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपालीहरु मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा ४० औं उडानबाट १३८ जना नेपाली स्वदेश फर्किए छन् ।
दोहाबाट काठमाडाैँका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ७ महिला र १३१ पुरुष गरी जम्मा १३८ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।
स्वदेश फर्कन लागेका नेपालीको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
यसैगरी, सेप्टेम्बर २२, २४ र २५ तारिखका लगि पनि नेपाल एयरलाइन्सकाे उडान तय भएको दूतावासले जनाइएको छ ।