×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

सक्छौ तोकिएको मूल्य देऊ, सक्दैनौ चिया फिर्ता देऊः चिया किसान

१ आश्विन २०७७

१ असाेज, इलाम ।

असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम प्रति किलो रु ४० दिनुपर्ने प्रावधान स्थानीय सरकार (सूर्योदय नगरपालिका) ले बनाएको छ तर मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तिको मूल्य २० देखि ३० रुपैयाँको अनुपातमा दिँदै आएका छन् ।

मापदण्डानुसार चियाको मूल्य दिन किसानले उद्योगीलाई अनुरोध गरेका छन् । नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत किसानले ध्यानाकर्षण गराएका छन् तर पनि उद्योगीले ‘डेग’ चलाएका छैनन् । उद्योगीले यतिसम्म किसानमाथि शोषण गरेका छन् कि पहिले ‘पेश्की’ भन्दै किसानलाई रकम दिने पछि त्यति हो चियाको मूल्य भन्दै पन्छिनेसमेत गरेका छन् । यसैले किसान उद्योगीसँग आजित भएका छन् ।

कानूनमा तोकिएकै मूल्य नपाउँदा किसान अलमलमा छन् भने उद्योगीले आफूहरूको गुनासो नसुनेकोमा दुखित छन् । “कानूनमा भएकै चियाको मूल्य पाउन हामीले कहिलेसम्म आन्दोलन गर्नुपर्ने ?” सूर्योदय–१० की साधना फागो भन्छन्, “आन्दोलन गरेरै समय जाने रहेछ । अब त हैरान भइसक्यो ।” फागोका अनुसार किसानको चियाको लागत मात्रै ३८ रुपैयाँ पर्छ तर २० देखि ३० रुपैयाँमा चिया बेच्नुपरेको छ ।

नगरका अधिकांश किसानले आन्दोलनको शुरुमा त चिया नै उद्योगीलाई दिएका थिएनन् । उद्योगीले प्रतिबद्धता गरेर उचित मूल्य दिन्छौँ भनेपछि फेरि किसानले उद्योगसम्म चिया पुर्याए तर समस्या ज्युँकात्युँ छ । एक महिनाअघि आन्दोलन निष्कर्षमा पुग्न लागेको बताएका किसान एकाएक पछि सर्दै अहिले फेरि आन्दोलनमा उत्रिएका हुन् ।

किसान, उद्योगी, नगरपालिका र चिया तथा कफी विकास बोर्डले किसानको समस्याको हल गर्न व्यावहारिक प्रयत्न नगर्दा समस्या नसुल्झिएको नगरपालिकाका किसान सुवास राई बताउँछन् । उनले किसानको समस्या हल गर्न सबै क्षेत्र मुखमा मुख मिलाए पनि व्यवहारमा भने किसानमैत्री नदेखिएको राईको दुःखेसो छ ।

“हाम्रा पक्षमा सबै पक्ष लागिदिने हो भने कसरी समस्याको समाधान हुँदैन ?” आक्रोशित स्वरमा फोनमा भने, “कानूनको कार्यान्वयन हुन सक्दैन भने नगरपालिकाले मापदण्ड किन बनाएको ?” सूर्योदय नगरपालिकाको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा ‘४० प्रतिशतभन्दा कम गुणस्तरको पत्तीको खरिद तथा विक्रीलाई निरुत्साही गरिनेछ’ भनिएको छ ।

नगरको कार्यविधिअनुसार किसानले ल्याउने चियामा ४० प्रतिशत न्यूनतम नरमपात भएको हुनुपर्ने छ भने किसानले ल्याएको सोही मापदण्डको चियालाई प्रतिकिलो रु ४० (न्यूनतम) मा उद्योगीले किन्नुपर्ने प्रावधान छ । किसानले नगरको मापदण्डानुसारको चिया नल्याएकाले ४० रुपैयाँ प्रति किलो मूल्य दिन नसकिएको उद्योगीको तर्क छ तर नगरपालिका–१० का संयोजक एवं सूर्योदय चिया सचिवालयका सदस्य सोनाम छिरिङकाजीले भने किसानले मापदण्डअनुसारकै चिया ल्याउने गरेको बताउँछन् ।

“उद्योगीले किसानलाई कम मूल्य दिनका लागि यसो भनेको हो”, काजीले भने, “उद्योगीले किसानको विषयलाई गम्भीर रूपमै लिँदैनन् । हाम्रो त बोली हो जस्तै ठान्दैैनन् ।” काजीका अनुसार यही समस्या सुल्झाउनका लागि किसान नगरपालिकादेखि जिल्ला प्रशासन कार्यालयसमेत धाइसकेका छन् । काजीले आफूहरू आन्दोलनबाट हैरान भएको दुखेसो पोखे । “किसानको चियाले उद्योगी धनी भएका हुन् । यदि सक्छन् भने तोकिएको मूल्य दिउन् । सक्दैनन्, चिया नै फिर्ता देऊ भनेका छौँ ।”

पहिले तोकिएको मूल्य दिने भन्ने अनि व्यवहारमा परिणत नगर्ने भएकाले समस्या बढेको काजीको भनाइ छ । नगरपालिकाका चिया उद्योगीले नगरको मापदण्ड नै कार्यान्वयन नगरेर कानूनविरुद्ध गइरहेका छन् तर नगरले यसबारेमा उद्योगीलाई केही गर्न नसकेको उद्योगीको भनाइ छ । नगरपालिकाका प्रमुख रणबहादुर राईले भने चियाको समस्या सुल्झाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । “नगरपालिका किसानको पक्षमा रहेकाले जसरी भए पनि न्यूनतम मूल्य किसानलाई उद्योगीहरुबाट उपलब्ध गराउने प्रतिबद्धता गर्छु”, नगरप्रमुख राईले भने, “किसानलाई हतोत्साहित नहुन आग्रह गर्दछु ।”रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top