×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

बढ्दो बलात्कार ग्राफ : उन्मुक्तिले अपराधीको मनोबल बढायो

२ आश्विन २०७७

काठमाडौँ : गत सोमबार सप्तरी डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया किशोरी खेतमा जमेको पानी बगाउन जाँदा गाउँकै चार युवकबाट सामूहिक बलात्कारको सिकार भइन् । रगत लतपतिएको लुगा खेतको पानीले पखालेर घर फर्केकी किशोरीले आमालाई घटनाबारे बेलिविस्तार लाइन् । पिताको चार वर्षअघि नै मृत्यु भइसकेकाले आमाले नै निसाफका लागि जातीय मान्यजन गुहारिन् ।

जातीय मान्यजनले पञ्चायत डाके । पञ्चायतमा किशोरीले रुँदै घटना बयान गरिन् । उनका अनुसार खेतको पानी बगाउन कोदालाले आली काटिरहेको बेला उनलाई पछाडिबाट चारजनाले समातेर धानखेतको पानीमा लडाए । सुनसान चौरीमा बचाउबचाउको चित्कार कसैले सुनेनन् ।

चिच्याउन नछाडेपछि मुखमा कपडा कोचेर आवाज बन्द गरिदिए र पालैपालो बलात्कार गरे । बेहोस भएपछि उनीहरू भागे । होस खुलेपछि उठ्न खोज्दा सकिनन् । चुरा फुटेको, कपाल फुकेको, कपडामा हिलो लागेको अवस्थामा उनी घर आइपुगिन् । उनी पीडाले छटपटाइरहेकी थिइन् ।

किशोरीकी आमाले रुँदै बिन्ती गरिन्, ‘मेरी छोरीलाई निसाफ दिलाउनुस् ।’ भेलामा सहभागी पञ्चहरूले घटना सत्य भएको ठहरसहित आरोपितहरूबाट जनही २५ हजारका दरले जरिवाना भराउने निर्णय सुनाए । पञ्चायतको यस निर्णयमा असहमति जनाउँदै पीडित पक्षले कानुनी दण्डको माग गर्याे । समाजमा बस्ने भए पञ्चायतको निर्णय मान्नुपर्ने फरमान जारी भयो । कानुनी कारबाहीमा गए गाउँको बदनामी हुने भन्दै पञ्चायतले प्रहरीमा जान रोक लगायो ।

आफ्नो सर्वस्व हरण गर्नेलाई पञ्चायतले कारबाहीबाट उम्काएकोप्रति असन्तुष्टिसहित घर फर्केकी किशोरी बेचैन थिइन् । सोही रात उनले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरिन् । आत्महत्याको अनुसन्धानका क्रममा मात्र प्रहरीलाई बलात्कारको घटनाबारे थाहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष ख्डकाले बताए । पञ्चायतको गलत निर्णयबाट थप पीडित भएर युवती आत्महत्या गर्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । बलात्कारजस्तो घटनालाई ढाकछोप गरिएको आरोपमा सोही गाउँका जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ । बलात्कार आरोपित चारैजना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘बलात्कारजस्तो जघन्य अपराधलाई पञ्चायत भनेर ढाकछोप गर्न खोज्नु पनि अपराध हो,’ प्रहरी निरीक्षक खड्काले भने, ‘पञ्चहरूकै कारण प्रहरीसम्म समयमा सूचना नै आएन । पीडित किशोरीले आत्महत्या गरिसकेपछि मात्र सूचना आयो ।’ घटनास्थलबाट बलात्कारका संकेत चिह्नहरू, फुटेका चुरा, रगतका टाटा, मडारिएको धानखेतको दृश्य संकलन गरिएको उनले बताए ।

बलात्कारको घटना ढाकछोप गर्न गाउँमा घन्टौं पञ्चायती हुँदा पनि वडाध्यक्ष रामनारायण चौधरीले सुइँको पाएनन् । ‘मलाई कसैले जानकारी नै गराएनन् । पीडितको र मेरो घरको दूरी मुस्किलले ५ सय मिटरमात्र छ,’ उनले भने, ‘उनीहरूको जातीय मान्यजनले गरेको पञ्चायतमा अरू जातिका मान्छे सहभागी गराइएको थिएन,’ उनले भने, ‘पीडक र पीडित एउटै जातिका भएकाले जातीय मान्यजनले पञ्चायतीबाट घटना मिलाउन खोजेका थिए ।’ भदौ १८ गते सिरहाको मिर्चैया नगरपालिका–७ की युवती दुई युवक साथीसँग घुम्न चुरे जंगलतर्फ गएकी थिइन् ।

उनीहरू आपसमा गफिइरहेका बेला पाँच युवक त्यहीं आइपुगे । उनीहरूले युवतीलाई तानेर जंगलतिर लग्न खोज्दा दुई युवतीले प्रतिकार गरे । पाँचजनाको समूहसामु उनीहरूको जोर चलेन । दुवैलाई रूखमा बाँधेर युवतीलाई जंगलतिर लगे । युवती जति चिच्याए पनि सुन्ने कोही थिएनन् । एकान्त जंगलका बीचमा ती युवतीलाई पाँचैजनाले पालैपालो बलात्कार गरे । बलात्कृत युवती बेहोस भइन् । होस खुलेपछि रगतले लतपतिएको लुगासहित रूखमा बाँधिएका साथीनजिक पुगिन् । पीडित युवतीले साथीको डोरी खोलिदिइन् । तिनै साथीले युवतीलाई घरसम्म पु¥याइदिए ।

पीडाले छटपटाइरहँदा पनि युवतीले घरमा घटना सुनाउन सकिनन् । कारण, बुवाले थाहा पाए उल्टै दण्डित हुनुपर्ने डर । सौतेनी आमासँग पनि उनले पीडा व्यक्त गर्न सकिनन् । घटनाको सूचना सिरहा प्रहरीसमक्ष चुहियो । प्रहरी पीडित युवतीसम्म पुग्यो । ‘सूचना आएलगत्तै महिला प्रहरीलाई युवतीको घर पठायौं,’ सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर पन्जियारले भने, ‘युवतीले सम्पूर्ण घटना महिला प्रहरीसँग बयान गरिन् ।’ तर पीडकमाथि कानुनी कदम अघि बढाउन उनी हच्किरहेकी थिइन् ।

बदनाम पो हुने हो कि रु पीडकमाथि कारबाही होला नहोला रु परिवारमाथि जोखिम पो बढ्ने हो कि रु यी र यस्ता प्रश्नले उनी व्याकुल बनिरहेकी थिइन् । पीडा सहेर चुपचाप बस्दा अपराधीको मनोबल बढ्ने र जाहेरी दिए दोषीहरू कानुनी कारबाहीको भागीदार बन्ने विश्वास प्रहरीले दिलाएपछि युवती जाहेरी दिन तयार भइन् । प्रहरीले बलात्कारमा संलग्न पाँच प्रतिवादीमध्ये गोलबजार नगरपालिका–७ र १० का दीपेन्द्र मुखिया र दिनेश यादवलाई पक्राउ गरी कारबाही अघि बढाएको पन्जियारले बताए । पहिचान भइसकेका बाँकी तीन प्रतिवादीको खोजी जारी छ ।

पछिल्ला दुई सातायता सप्तरी र सिरहामा घटेका यी दुई घटना प्रतिनिधिमूलक दृष्टान्त हुन् । साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । धनुषामा बलात्कारका १० घटनाका १५ प्रतिवादीमध्ये १४ पक्राउ परेका छन् भने एकजना फरार छन् । महोत्तरीमा भएका १२ बलात्कार घटनाका १४ प्रतिवादीमध्ये ६ जना पक्राउ परेका छन् भने आठजना फरार छन् । सर्लाहीमा बलात्कारका आठ घटनाका १० प्रतिवादीमध्ये सातजना पक्राउ परेका छन् भने तीनजना फरार छन् । रौतहटमा आठवटा बलात्कार घटनाका १० प्रतिवादीमध्ये पाँचजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । बारामा ६ वटा बलात्कार घटनाका ६ प्रतिवादीमध्ये दुईजना पक्राउ परेका छन् भने चार फरार छन् । पर्सामा सातवटा बलात्कार घटनाका सात प्रतिवादीमध्ये पाँचजना पक्राउ परेका छन् भने दुई फरार छन् ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा यस प्रदेशमा साउनमा ३९ र भदौमा ३१ वटा बलात्कार घटना दर्ता भएको छ । ‘बेटी पढाओ, बेटी बचाओ’ नारा बोकेको यस प्रदेशमा बलात्कारको त्रिवर्षीय तथ्यांकले बेटी (छोरी) कतिसम्म असुरक्षित छन् भने दर्साउँछ । तथ्यांकअनुसार विगत वर्षहरूको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा १ सय ७० वटा बलात्कार घटना दर्ता भएकोमा २०७५/७६ मा २ सय ९६ घटना दर्ता भए । आर्थिक वर्ष २०७६/७७ मा २ सय ९२ वटा बलात्कार घटना भएकोमा चालु आर्थिक वर्षको दुई महिनामै ७० वटा घटना दर्ता भइसकेका छन् ।,यो समाचारर नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top