×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

२१ बैशाख २०७५

सोल, २१ वैशाख ः दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेको समाचार छ ।

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै उच्चस्तरीय वार्ता हुन लागेको समयमा त्यसको अगाडि दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकारले अमेरिकाकाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

Advertisement
Advertisement

उनले शुक्रबार अमेरिकी राष्ट्रिय सल्लाहकारलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । उनले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका सुरक्षा सल्लाहकारसँग भेटवार्ता गर्नुहुने समाचारमा जनाइएको छ ।

तर सो भ्रमणका बारेमा सार्वजनिक भने गरिएको छैन । यस भ्रमणका क्रममा उनले हालैमात्र भएको उत्तर कोरियाली नेता किम जोङ उनको दक्षिण कोरिया भ्रमणका समयमा भएका सहमति र सम्झौताको बारेमा कुराकानी गर्ने बताइएको छ ।

गत शुक्रबार अर्थात अप्रिल २७ मा उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ । सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने सहमति जनाएका छन् ।

अमेरिका र उत्तर कोरियाबीच पनि आगामी केही हप्तामा वार्ता हुने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी केही हप्ताभित्र वार्ता गर्ने बताएका छन् ।

उनले उत्तर र दक्षिण कोरियाबीचका वार्ताहरु सकारात्मक रुपमा अघि बढिरहेकोले उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्न अमेरिका तयार भएको पनि बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि हालै एक विज्ञप्ति प्रकाशन गरी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्ने भएको र सो वार्ताको मिति चाँडै तय गरिने बताएको थियो ।

हालैमात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्ध अन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको समाचार यसअघि नै आएको छ ।

Advertisement

यसका कारण आफूले वार्तामा बस्न सहमति जनाएको जानकारी राष्ट्रपति ट्रम्पले दिइसकेका छन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग हुने वार्ता महत्वपूर्ण रहेको बताएका छन् ।
रासस

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top