विश्वकै अग्लो भवन बुर्ज खलिफामा फहरायो नेपालको राष्ट्रिय झण्डा

४ असाेज, काठमाडौं ।

Advertisement

संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झन्डा फहराइएको छ।

संविधान दिवसको अवसरमा शनिबार स्थानीय समयअनुसार बेलुका ८ बजे बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ। बुर्ज खलिफामा नेपालको झन्डाको प्रतिविम्ब देखिँदा त्यहाँका नेपालीहरुले खुसियाली मनाएका छन् ।

Advertisement

विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ ।अघिल्लाे वर्ष पनि संविधान दिवसकाे दिन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झन्डा फहराइएको थियाे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top