×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

विश्व गैँडा दिवसः दुर्लभ एकसिँगे गैँडा संरक्षणमा चुनौती

६ आश्विन २०७७

६ असाेज, चितवन ।

दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार्छन् ।

उनको भनाइमा चोरी शिकार पुनः सक्रिय हुने सङ्केत देखिएको छ । गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीयतारलगायत प्रतिरोधात्मक भावना समस्या बन्दै गएको छ । उनले भने, “निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्यान्न बालीका कारण गैँडा आकर्षित हुँदा समस्या भएको छ ।”

मध्यवर्ती क्षेत्रमा बाली प्रणाली नै परिवर्तन गर्नसकेमा संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ । गैँडाको प्रमुख बासस्थान क्षेत्रमा अतिक्रमण बढेको भन्दै उनले भने, “जसले अतिक्रमण ग¥यो उनीहरुको आर्थिक र शैक्षिक अवस्था कमजोर हुँदा निकुञ्जमा मात्रै केन्द्रित हुनुपर्दा संरक्षणमा चुनौती थपिएको छ ।”

उनीहरुलाई वैकल्पिक पेशाको व्यवस्थापन गर्नसकेमा संरक्षणमा सहयोग पुग्ने बरालको भनाइ छ । राजनीतिकरुपमा प्रतिबद्धता बोलीमा भए पनि व्यवहारमा नहुँदा संरक्षणमा थप जटिलता आएको उनी बताउँछन् । उनले भने, “जनप्रतिनिधिले नबुझेको वा नबुझेजस्तो गरेका कारण संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।” जसले गर्दा कर्मचारीको मनोबल गिर्ने गरेको र चुनौती मोल्दै गर्दा हुने जोखिम व्यक्तिगत रुपमा झेल्नुपर्ने बाध्यता आएको बरालको ठम्याइ छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिलाई संरक्षणप्रति उत्तरदायी बनाउन सके संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ । लामो समय गैँडा संरक्षणमा खर्चिनुभएका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवर विगतको इतिहासलाई हेर्दा प्रत्येक १०/१० वर्षमा चोरी शिकारी बढ्ने गरेको तथ्याङ्कले देखाएको बताउँछन् । उनका अनुसार सन् १९७० देखि ८० को दशक चोरी शिकारी कम भएको भए पनि त्यसपछिको दशक चोरी शिकार बढी भएको उनले जानकारी दिए । त्यसैगरी ८० को दशकमा चोरी शिकार बढेको ९० दशकमा घटेको, सन् २००० को दशकमा बढेको र सन् २०१० को दशकमा कमी आएको भन्दै उनले सन् २०२० को दशक चोरी शिकारी बढ्न सक्नेतर्फ सचेत गराए ।

तस्करले निकुञ्ज सुरक्षा व्यवस्थाको रणनीतिका बारेमा थाहा पाइसकेकाले नयाँ रणनीतिका साथ आउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ । सरकारी निकाय सुस्ताउँदै गर्दा तस्कर सक्रिय हुने गरेको तथ्यलाई ख्याल गर्दै काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, “यो दशकमा गैँडा जोगाउन सरकारी निकायले जनता, सञ्चारमाध्यमलगायत सरोकार निकायसँग सहकार्य गरेर समयमै अघि बढ्नु पर्छ ।” उनले थपे, “उनीहरु नयाँ ढङ्गले आउन सक्छन् ।”

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना सबैको साथ र सहयोग बिना गैँडा संरक्षण सम्भव नहुने बताउँछन् । राजनीतिक तहमा नेतृत्व र जनप्रतिनिधि रहेका सबैलाई संरक्षणको बारेमा बुझाएर आम जनतालाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, “संरक्षणमा लागेका बाहेकका राजनीतिक नेतृत्वलाई बुझाउन पर्ने देखिएको छ ।” पहिलो प्राथमिकता मानिस हो भने वन्यजन्तुका कारण मानिसले पाएका लाभ र यसको अन्तर्राष्ट्रिय महत्वका विषयमा पनि नजरअन्दाज गर्न नमिल्ने उनको तर्क छ । उनले भने, “वन्यजन्तुका कारण आहार मात्रै होइन, राहत पनि पाएका छौँ ।”

आर्थिक अभावका कारण चोरी शिकारमा निम्न वर्गलाई प्रयोग गरिएको भन्दै उनले त्यो वर्गको आर्थिक उत्थानमा लाग्नुपर्ने बताए । द्वन्द्वको समयमा निकुञ्जमा सबैभन्दा बढी चोरी शिकारी भएको थियो । सन् २००२ मा एकै वर्षमा सबैभन्दा बढी ३७ वटा गैँडा चोरी शिकारीले मारेका थिए ।

पछिल्ला वर्षहरुमा चोरी शिकारीको सङ्ख्या घट्दै आएको भए पनि चुनौती भने यथावत रहेको छ । झण्डै चार वर्ष पछि गत भदौ २३ गते तस्करले गैँडा मारेका थिए । उक्त घटनापछि निकुञ्ज सुरक्षामा थप कडाइ गरिएको छ ।

गैँडा मारेको मुद्दामा अधिकतम सजाय १५ वर्ष कैद र रु १० लाख जरिवाना वा दुवै हुने व्यवस्था छ । संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका १०० जनाभन्दा बढी छन् । तिनीहरु निकुञ्ज आसपास क्षेत्रसँगै पोखरा, काठमाडौँलगायत ठाउँका हुन् । अरु मुद्दाको समेत गरेर यो सङ्ख्या १५० भन्दा बढी छ ।

यसअघि गैँडा मारेको अभियोग लागेर कारागारमा लागेका पछिल्ला दिनहरुमा छुट्ने क्रम बढ्दो छ । उनीहरु पुनः सक्रिय हुन सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । यससँगै संरक्षणका लागि निकुञ्जले घाँसे मैदान र पानीको व्यवस्थापन गरिरहेको छ । सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ गैँडा रहेकोमा यस निकुञ्जमा ६०५ गैँडा रहेका थिए । गत आर्थिक वर्षमा पुनः गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण रोकिएको छ ।

विसं २०७४ को बाढीमा राप्ती र नारायणी नदीले गैँडा बगाएर भारत पु¥याएका थिए । केही उद्धार गरी ल्याइएको भए पनि बाढीले कति बगायो भन्ने यकिन हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाका लागि प्रख्यात छ । गैँडा हेर्नकै लागि वर्षेनी ठूलो सङ्ख्या स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्दछन् ।रासस

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top