६ असोज, विराटनगर ।
नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना विराटनगर–४ स्थित जामुनगाछीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर ६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रविन सहनी र १९ बर्षीय सुमित सहनी रहेका छन् ।
असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरीसंगै प्रहरीले सुरु गरेको खोजी कार्यका क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खोजतलासकै क्रममा सोमबार राती ८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो ।
उनीहरुले चोरी गरी लगेको नेपाल टेलिकमको १५० पेयरको २२० मिटर केवलतार समेत फेलापारी बरामद गरिएको छ । यसै गरी उनीहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । यसरी चोरिएका सामान सहित पक्राउ परेका चारै जनामाथि चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
