प्रेस काउन्सिलद्वारा २७ पत्रकारहरु पुरस्कृत

६ असोज ७७, बुधबार

६ असोज, काठमाडौँ ।
संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठीक तरीकाले भए नभएको सम्बन्धमा गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । मंगलबार प्रेस काउन्सिलले आफ्नो एकाउन्नौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रको अभ्यास ठिक तरीकाले भए नभएको सम्बन्धमा समिक्षा गर्नुपर्ने बेला आएको बताएका हुन् ।

Advertisement

लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण गर्ने सम्बन्धमा देखिएका चुनौतिहरुका कारण लोकतन्त्रको अभ्यास ठीक तरीकाले भयो भएन समीक्षा आवश्यक भएको उनको भनाई छ । पछिल्लो समय विकास भएका प्रवितिको सकारात्मक पक्ष र नकारात्मक पक्षले गर्दा लोकतन्त्रको कर्यान्वयनमा चुनौति बढेको पनि सभामुख सापकोटाले बताए ।

Advertisement

त्यसैले लोकतन्त्रलाई संस्थागत गर्ने सम्बन्धमा राज्यका निकायहरु र नागरिकको समेत भूमिका बढेको बताए । त्यसका लागि जनतालाई केन्द्रमा राखेर लोकतन्त्रको अभ्यास गर्नुको विकल्प नरहेको पनि सभामुख सापकोटाले स्पस्ट पारे । त्यसका लागि संघीय संसदलाई जीवन्त बनाइराख्न आफुले जोड दिइरहेको उनले बताए ।

 

Advertisement

सभामुख सापकोटाले नागरिकसम्म सूचना पु¥याउन प्रेसले खेलेको भूमिकाको पनि प्रशंसा गरे । आफु शिक्षा र प्रेस प्रति नजिक रहेर काम गर्ने मौका पाएकाले पनि प्रेसको महत्व बुझेको बताउँदै लोकतन्त्रका अभ्यासलाई अझबढी प्रभावकारी बनाउन प्रेसको महत्वपूर्ण भूमिका रहने बताए ।

 

कार्यक्रममा प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा विशेष योगदान पु¥याएका २७ जना पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेको छ । जसमा प्रेस काउन्सिल ‘युवा पत्रकारिता पुरस्कार २०७७’ लमजुङकी शान्ता कमली, कास्कीकी राधिका कँडेल, दैलेखका शेरबहादुर थापा, दैलेखका दिपेन्द्र वली, उदयपुरका रेणु पराजुली, रोल्पाका देवीकुमारी गुरुङ, धनुषाका राजनकुमार सिंह, काठमाडौंकी कमला श्रेष्ठ, सप्तरीका राजु श्विकर्मा, मकवानपुरका गिरिजा अधिकारी, कैलालीका गणेश चौधरी, रामेछापका माधवप्रसाद पौडेल, चितवनका सुरेशचन्द्र अधिकारी र इलामका सटेन्द्रकुमार जबेगु सम्मानित भए ।

यस्तै ‘प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार २०७७’ बाट काठमाडौंकी नितु पण्डित, कास्कीकी दिपेन्द्र श्रेष्ठ, काठमाडौंका उमेश श्रेष्ठ र ऋषि धमला, राजन कार्की, धनुषाका धर्मेन्द्रकुमार कर्ण र झापाका गोविन्दचन्द्र क्षेत्री सम्मानित भएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top