६ असाेज, सिड्नी।
अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा पर्ने एउटा खाडीमा कम्तीमा ९० ह्वेल माछाको सोमबार मृत्यु भएपछि खतरामा रहेका १८० भन्दा बढीको उद्धारका लागि मङ्गलबार उद्धारकार्य सुरु गरिएको छ ।
ह्वेलविद्हरूले तस्मिनियाको पश्चिमी तटमा पानीको सतह कम भएको ह्वेल पुगेपछि उनीहरूलाई अनुकुल वातावरण नहुँदा मरेको बताएका छन् ।
उनीहरूले ह्वेलको समूह अन्टार्कटिकातर्फ जानेक्रममा बाटो विराएर तस्मििनियातर्फ गएको र पानीको गहिराई नभएको स्थानमा पुगेपछि अनुकुल वातावरणको अभावमा ठूलो सङ्ख्यामा ह्वेलको मृत्यु भएको हुनसक्ने बताइएको छ ।
सरकारी जलचरविद् क्रिस कार्लियनका अनुसार सोमबार साँझसम्म झण्डै एक तिहाई ह्वेलको मृत्यु भएको र अन्यलाई सुरक्षित स्थलतर्फ लान उद्धारका लागि सवयम्सेवक तथा माछापालनमा काम गर्ने श्रमिकहरूको सहायतामा करिब ४० ह्वेलको उद्धार गरिएको छ । उनले उद्धार चुनौतीपूर्ण रहेको बताउँदै यसका लागि केही दिन लाग्ने बताएका छन्।
तस्मिनियामा ह्वेलका समूहहरू प्रायः भेटिने गरेका भएपनि उनीहरूको यति ठूलो समूह भने सन् २००९ पछि पहिलो पटक देखिएको अधिकारीहरूले बताएका छन् । ह्वेलको उद्धार डुङ्गाबाट गर्नुपर्ने भएकोले सीमित उद्धारकर्मीलाई मात्र पठाएर उद्धार गर्नुपर्ने हँदा अहिले करिब ६० जना उद्धारमा सहभागी रहेको कार्लियनले बताए।
चिसो पानीमा भिजेर समूद्रको छालमा काम गर्नु पर्ने भएकोले उद्धारमा कठिनाई भइरहेको बताइएको छ । समूहमा यात्रा गर्न मन पराउने ह्वेलहरूको करिब ३० वटा समूह तस्मिनिया तटीय क्षेत्रमा रहेको ९० भन्दा बढीको मृत्यु भएको उद्धारमा खटिएका कार्लियनले बताए।
सस / एएफपी