NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

अदालतले कैदी पुर्जी सच्यायो, छुटेका कैदी पुन: पक्राउ

शुक्रबार अशोज ९ , २०७७
Reading Time: 1 min read
A A
गोपनीयता भंग गर्नेलार्इ तीन वर्ष कैद, तीस हजार जरिबाना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त निर्णय भूलवश भएको भन्दै पुनः ती कैदीलाई पक्राउ गर्न लगाई वीरगन्ज कारागार पठाएको छ ।

गत भदौ २५ मा अदालतको आदेशअनुसार ०६८ चैत १३ देखि थुनामा रहेका ‘बिक्की रौनियार’ भनिने बिक्की अग्रवाल रिहा भएका थिए । संशोधित कैदी पुर्जीअनुसार बिक्की ०७९ चैत १३ मा कैदमुक्त हुनुपर्ने थियो ।

बिक्की कारागारका भाइ नाइके थिए । सर्वोच्च अदालतबाट अन्तिम आदेश भई बसेको फैसलामा जिल्ला अदालतको तहसिल शाखाले पक्राउ परेको बखत १८ वर्ष उमेर नपुगेको भन्दै यसअघि आदेश भएको कैद र जरिवानालाई दुई तिहाइ कायम गरेपछि बिक्की २ वर्ष ७ महिना अगाडि नै रिहा भएका थिए ।

LS Auto

अदालतको कैद मिनाहा गर्ने आदेश विवादित बनेपछि असोज ३ मा बिक्कीलाई पक्राउ गरी पुनस् कारागार पठाइएको हो । अदालतका तहसिलदार शम्मी कपुर साहले भूलवश भएको निर्णयअनुसार रिहा भएका बिक्कीलाई पक्राउ गरी पुनस् करागार पठाइएको पुष्टि गरे ।

पुनस् पक्राउ गरी कैदमा राख्न जिल्ला अदालतले कारागारलाई पठाएको पत्रमा ‘भदौ २५ मा भूलवश हुन गएको संशोधित कैदी पुर्जीबाट छुटी गएका प्रतिवादी बिक्की अग्रवाललाई खोजतलास गरी पक्राउ गरी फैसलाअनुसार लागेको कैद र जरिवाना असुलउपर गर्नका लागि पठाइएको’ उल्लेख छ ।

पत्रमा समय अभावका कारणले लगत तथा मिसिल अध्ययन गरी कैद यकिन गर्न कठिनाइ भएकाले रीतपूर्वकको कैदीपुर्जी पछि पठाउने गरी निज प्रतिवादीलाई कैदमा राख्न पठाइएको लेखिएको छ ।

रिहा भएपछि बिक्की भारत गएका थिए । ‘अदालतको तहसिल शाखाको उक्त निर्णयको आलोचना भएपछि कागजातमा हस्ताक्षर गर्न छुटेको भन्दै बिक्कीलाई वीरगन्ज बोलाइएको थियो,’ प्रहरी स्रोत भन्छ, ‘वीरगन्ज आउनेबित्तिकै बिक्कीलाई नियन्त्रणमा लिएर कारागार पठाइएको हो ।’ एक अधिवक्ताले अदालतले आफ्नो निर्णय भूलवश भएको भन्न नमिल्ने जिकिर गरे ।

‘अदालतले निर्णय भूलवश भएको भन्न मिल्दैन, त्यो भूलवश भएको निर्णय नै हैन । अरू विकल्प पनि थिएन,’ ती अधिवक्ताले भने, ‘भूलवश मान्ने कि नमान्ने माथिल्लो निकायले हेर्ने हो । अगाडि किन त्यस्तो निर्णय भयो र अहिले के कारणले यस्तो भयो यो विभागीय कारबाहीका बेला हेर्ने विषय हो ।’ कैद मिनाहा गर्ने तहसिलदारको जनकपुर सरुवा भइसकेको छ । उनको बरबुझारथ मात्र बाँकी छ ।

गत भदौ २५ मा अदालतको तहसिल शाखाले पक्राउ पर्दाको बखत बिक्कीको उमेर १८ वर्षभन्दा कम देखिँदा मुलुकी अपराध संहिता ०७४ को दफा ४५ ९४० र बालबालिकासम्बन्धी ऐन ०७५ को दफा ३६९४० बमोजिम दुई तिहाइ सजाय हुने व्यवस्थाअनुसार ७ वर्ष ४ महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने आदेश गरेको थियो ।

‘जरिवानाको हकमा निजले यस अदालतमा ०७६ मंसिर १२ मा दाखिला गरी सदर भइसकेको तथा ७ वर्ष ४ महिना कैदको हकमा पक्राउ परेको मिति ०६८ चैत १३ देखि कैद कट्टा हुने गरी कैद म्याद हिसाब गर्दा कैद असुलउपर भई भुक्तान भइसकेको देखिँदा निजलाई अन्य मुद्दा वा निकायबाट थुनामा राख्न नपर्ने भए प्रस्तुत मुद्दाबाट आजै (बिहीबार) का दिन प्रस्तुत मुद्दाको कैद भुक्तान गरी छुटी जाने गरी यो संशोधित कैदी पुर्जी दिइएको’ जिल्ला अदालतको तहसिल शाखाको निर्णयमा भनिएको छ ।

स्रोतका अनुसार उमेरको प्रमाणका रूपमा बिक्कीले भारतीय विद्यालयको प्रमाणपत्र पेस गरेका थिए । प्रहरीको बरामदी मुचुल्कामा बिक्कीको उमेर २४ वर्ष उल्लेख छ । ०६९ मा अदालतमा बयान दिने क्रममा उनले आफ्नो उमेर २५ वर्ष रहेको बताएका थिए । जिल्ला र पुनरावेदन अदालतमा हारेपछि बिक्कीले ०७३ मा सर्वोच्च अदालतलमा फैसला पुनरावलोकनका लागि निवेदन दिएका थिए । त्यस निवेदन पत्रमा उनको उमेर ३२ वर्ष लेखिएको छ । ०७६ मंसिर ४ मा बिक्कीले कैद हद गरी संशोधित कैदी पुर्जीका लागि पर्सा अदालतमा निवेदन दिएका थिए ।

०७६ पुस ४ मा अदालतले एउटै वारदातमा दुई अलग–अलग सजाय ठहर गरी फैसला भएकोमा ठूलो कैदमा सानो कैद खापिने हुँदा बिक्कीलाई लागेको ठूलो कैद ११ वर्षमा सानो कैद ५ वर्ष हद गर्दा ११ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना कायम गरी संशोधित कैदी पुर्जी दिएको थियो । पहिलो संशोधित कैदी पुर्जीमा समेत उमेर नपुगेको कुनै जिकिर गरिएको छैन । संशोधित कैदी पुर्जीका अनुसार बिक्कीले ०७९ चैत १२ सम्म कैदमा बस्नुपर्ने थियो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.