सन् २०२४ मा चन्द्रमामा फेरि मानिसले पाइला टेक्ने, पहिलो पटक महिलालाई पठाउने

१० आश्विन, एजेन्सी ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले २८ अर्ब अमेरिकी डलर खर्च हुने एउटा योजना सार्वजनिक गर्दै सन् २०२४ मा चन्द्रमामा पुनः जाने औपचारिक रूपरेखा सार्वजनिक गरेको छ।

उक्त मिशनमा पहिलो पटक चन्द्रमाको सतहमा महिलालाई ओरार्ने योजना समावेश गरिँदैछ। आर्टिमस नाम दिइएको त्यस अन्तरिक्ष कार्यक्रममा नासाले पाँच दशकपछि चन्द्रमामा पठाउन एक पुरुष र एक महिलालाई पठाउँदैछ। चन्द्र सतहमा यसअघि सन् १९७२ मा अन्तिम पटक मानव पाइला टेकिएको थियो।

कस्तो छ मिशन ?
नासाको समयरेखा उक्त कार्यक्रमको एउटा अवतरण प्रणाली बनाउन अमेरिकी संसद्ले ३.२ अर्ब कसरी निकास दिन्छ भन्ने कुरामा निर्भर हुन्छ।

Advertisement

अन्तरिक्षयात्रीहरू ओरीअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन्। त्यसलाई एसएलएल नामक शक्तिशाली रकेटले प्रक्षेपण गर्नेछ। नासाका प्रशासक जिम ब्रिडेन्सटिनले भनेः “अट्ठाइस अर्ब डलरले आर्टिमस कार्यक्रमको आउँदो चार वर्षको खर्च समेट्छ।

त्यसमा रकेट, क्याप्स्यूल, मानव अवतरण प्रणाली र अन्तरिक्षयात्रीले लगाउने परिधानको खर्च जोडिन्छ।” उनका अनुसार ३.२ अर्ब डलर सन् २०२१ को मानव अवतरण प्रणालीका लागि भएको र त्यसैले त्यो रकमको ठूलो रणनीतिक महत्त्व छ।

Advertisement

अमेरिकाको तल्लो सदनले यसअघि नै एउटा विधेयक अनुमोदन गर्दै चन्द्रमामा अवतरण गर्ने यानको लागि ६० करोड डलर छुट्याएको छ। तैपनि त्यो यान निर्माणको काम पूरा गर्नका लागि नासालाई थप रकम चाहिनेछ।

को होलिन् ती महिला ?

सन् २०१९ को जुलाई महिनामा नासाका प्रशासक ब्रिडेन्सटिनले सीएनएनसँग कुरा गर्दै चन्द्रमा पुग्ने महिला अन्तरिक्षयात्री कस्तो हुने भनेर खुलाएका थिए।

उनको भनाइमा ती महिला ‘राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी’ व्यक्ति हुनेछिन्। उनले ती महिना अन्तरिक्षयात्रीको समूहमा परिसकेकी व्यक्ति हुने जनाएका थिए। यस अन्तर्वार्ताको समयमा त्यस्ता १२ सक्रिय महिला अन्तरिक्षयात्री छन्। नासासँग यतिखेर १२ जना सक्रिय महिला अन्तरिक्षयात्रीहरू छन्

उनीहरूसँग गत वर्ष मात्र नासाबाट तालिम पूरा गरेका पाँच महिला पनि थपिएका छन्। उनीहरू सन् २०२४ सम्म चन्द्रमामा जान आवश्यक मापदण्डमा पर्छन् कि पर्दैनन् भन्ने स्पष्ट छैन। चन्द्रमामा जाने अन्तरिक्षयात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुई वर्षअघि हुने बताइएको छ।

अमेरिकी चाहना, चीनको चासो

चन्द्रमामा पुनः मानिसलाई पठाएर ह्वाइट हाउसले अन्तरिक्षमा आफ्नो देशको अग्रता नवीकरण गर्न चाहेको छ।

अमेरिकाले चन्द्रमाको दक्षिणी ध्रुवबाट महत्त्वपूर्ण मानिने हिउँ खोज्ने योजना बनाएको छ। त्यो भेटियो भने चन्द्रमामै रकेटलाई चाहिने इन्धन बनाउन प्रयोग गर्न सकिनेछ। पृथ्वीबाटै इन्धन बोकेर लैजानुभन्दा सस्तो समेत हुने त्यस्तो कामले चन्द्रमामा आधारित हुने अर्थतन्त्रको आधार तयार पार्नेछ।

तर उपराष्ट्रपति माईक पेन्सले चीनको अन्तरिक्ष महत्त्वाकाङ्क्षा जोडेर चासो व्यक्त गरिरहेका छन्। सन् २०१९ को ज्यानुअरीमा चीन चन्द्रमाको त्यस्तो कुनामा रोबटसहितको यान नियन्त्रित रूपले उतार्न सफल भएको थियो। उक्त मिशनले चन्द्रमाको माटो पृथ्वीको प्रयोगशालाका लागि ल्याउने तयारी गर्दैछ।

चीनले अहिले त्यस्तो अन्तरिक्षयान विकास गरिरहेको छ जसमा चिनियाँ अन्तरिक्षयात्रीहरू चन्द्रमाजस्तो भित्री अन्तरिक्ष गन्तव्यमा पुग्न सक्नेछन्। चीनको लक्ष्य सन् २०२४ भित्रै त छैन तर यो दशकको अन्त्यसम्ममा उसले त्यस्तो लक्ष्य बनाउन सक्ने ठानिएको छ।

नासाको योजनाअनुसार पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद् याममा हुनेछ।(बीबीसी)

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top