१० असोज, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं १० का अध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको मृत्यु भएको छ । ५६ वर्षीय वडाध्यक्ष खरविन्दको शनिबार १० गते निधन भएको हो ।
खरविन्द मुटु र मृगौला रोगबाट पिडित थिए ।उनी समाजवादी पार्टी बाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए । खरविन्दको अन्तिम संस्कार दिउँसो राम घाटमा गरिएको छ ।
जनता समाजवादी विज्ञप्तिमार्फत उनको निधनले पार्टी र पहिचान सहितको संघीयता , लोकतान्त्रिक , गणतन्त्र एवम विभेद अन्त्य तथा सामाजिक न्यायको आन्दोलनलाई अपुणरणीय क्षति भएको जनाएको छ ।