×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

चीनले अप्रमाणित खोप हजारौँ मानिसलाई दिइरहेको खुलासा

११ आश्विन २०७७

११ आश्विन, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरसविरुद्ध अहिले ४० भन्दा बढी सम्भावित खोपहरु मानवीय परीक्षणको विभिन्न चरणमा छन्।

खोप तीव्र गतिमा विकासको प्रयास भइरहँदा त्यसको सुरक्षात्मक क्षमता र प्रभावकारितालाई लिएर चासो र चिन्ता समेत व्यक्त हुँदै आएको छ। यहिबीचमा चीनले अप्रमाणित अर्थात विकासको क्रममै रहेको कोरोना भाइरसविरुद्धको खोप हजारौँ मानिसलाई दिइरहेको खुलेको छ।

द न्यूर्योक टाइम्समा प्रकाशित भएको खबर अनुसार चीनले अप्रमाणित खोप सरकारको स्वामित्वमा रहेको कम्पनीका कामदार, सरकारी अधिकारी, खोप कम्पनीका कर्मचारीसहितलाई लगाइ सकेको छ। यस्तै शिक्षक, सुपरमार्केटका कामदार तथा जोखिमयुक्त क्षेत्रको यात्रामा निस्कनेहरुलाई प्रमाणित नभईसकेको अर्थात विकासको क्रममा रहेको खोप दिने तयारी गरेको छ।

विश्वले प्रमाणित खोप पाएको छैन, तर यसले चीन सरकारलाई रोकेको छैन। उसले निर्माणको चरणमा रहेको खोप दशौँ हजार मानिसलाई दिइएको छ, जो परम्परागत परीक्षणको प्रक्रिया भन्दा बाहिरका हुन्। चीनले कोरोना भाइरसविरुद्धका सम्भावित तीन खोपहरु औषधि कम्पनीकै कर्मचारीसहितलाई दिएको हो ।

अन्ततः ती खोप सुरक्षित र प्रभावकारी हुने अपेक्षासहित चीनले अहिले नै खोप दिइरहेको खबरमा उल्लेख छ। अधिकारीहरुले ती खोपहरु अझै धेरै व्यक्तिलाई दिने तयारी गरेका छन्। विश्वमा अरु कुनै पनि देशले परीक्षणको दायरा भन्दा बाहिरका मानिसलाई विकासको क्रममा रहेको अप्रमाणिमत खोप दिएका छैनन्।

तेस्रो चरणको मानवीय परीक्षणको क्रममा रहेका ती खोपहरु चीन बाहिर स्वतन्त्र रुपमा परीक्षणमा सहभागी हुन चाहेका मानिसहरुलाई दिइएको छ र वैज्ञानिकहरुले त्यसको प्रभाव (सकारात्मक वा नकारात्मक( कस्तो छ र प्रभावकारिता कस्तो छ भनेर नजिकबाट नियाली रहेका छन् ।

तर चीनमा परीक्षणको परम्परागत प्रक्रिया भन्दा बाहिरका व्यक्तिलाई पनि खोप दिइएको र सो खोप पाएकाहरु निगरानीमा रहे–नरहेको पनि स्पष्ट नभएको न्यूयोर्क टाइम्सको खबरमा उल्लेख छ। अप्रमाणित खोपको गम्भीर असर मानव स्वास्थ्यमा पर्न सक्छ ।

सोही कारण वैज्ञानिक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बृहत स्तरमा मानवीय परीक्षण गरी त्यसको नतिजाको विश्लेषण पछि मात्रै कुनै पनि नयाँ खोपलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने गरिन्छ। अप्रभावकारी खोपले सुरक्षाको गलत अवधारणा सिर्जना गरी झन बढी संक्रमण तर्फ बढाउन सक्ने जोखिम रहन्छ ।

अहिले चीनमा बिस्तारित मात्रामा प्रयोग भइरहेको अप्रमाणित खोपले व्यक्तिको स्वीकृतिको विषयलाई पनि चासोको केन्द्रमा ल्याएको छ । सरकारी स्वामित्वका कम्पनीका कामदारलाई स्वइच्छा विपरित बाध्य पारेर खोप दिइएको हुन सक्ने भन्दै चिन्ता व्यक्त भएको छ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top