११ असोज, ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ-७ मा बस्ने २६ बर्षीय दिपेन्द्र ओख्राबु लिम्बुको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे सोहि स्थान राजमार्गमा ना ६ त ३००० नम्बरको ट्याक्टरले पैदल हिँडिरहेका लिम्बुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ भने चालक फरार रहेकोले उनको खोजी भईरहेको उक्त कार्यालयले जनाएको छ ।
