×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वहसमा रेल्वे बोर्ड , कार्यकारी समितिका विषयमा विवाद

१२ आश्विन २०७७

१२ असोज, काठमाडौँ ।
सांसदहरुले रेल्वे वोर्डमा कार्यकारी समिति आवस्यक रहने वा नरहने विषयमा अझबढी छलफल आवस्यक रहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधयान व्यवस्थापन समितिको सोमबारको बैठका ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि छलफल गर्दै सांसदहरुले कार्यकारी समिति राख्ने वा नराख्ने सम्बन्धमा अझ स्पस्ट हुनुपर्ने बताएका हुन् ।

रेल्वे विभागको प्रमुख नै कार्यकारी रहने वा छुट्टै कार्यकारी समिति गठन हुने सम्बन्धमा छलफल आवस्यक भएको सांसदहरुको भनाई छ । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले बोर्डको परिकल्पना कस्तो हुने सम्बन्धमा अझै स्पष्ट ढाचा आउन नसकेको बताए । विज्ञ प्राविधिक रहेको बोर्ड बनाउने निक्र्यौल भएपनि सोही अनुसार विधेयकको ढाचा आउन नसकेको बताए । उनले विधेयकमा प्रस्तावित कार्यकारी समितिको संरचना अप्रभावकारी देखिएको बताए । सबैभन्दा पहिले कार्यकारी समिति राख्ने वा नराख्ने सम्बन्धमा प्रस्तावित विधेयकमा स्पस्ट हुन नसकेको र यसको संरचना पनि ठिक ढंगले आउन नसकेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद बेदुराम भुसालले यस अघि कार्यकारी समिति आवस्यक नरहने भन्ने सम्बन्धमा छलफलको निष्कर्ष भएपनि सोही अनुसार विधेयकको प्रस्ताव आउन नसकेको बताए । रेल्वे बोर्डमा कार्यकारी प्रमुख नै कार्यकारी हुने गरी संरचना निर्माण गर्नुपर्ने भुसालले बताए ।

जनता समाजवादी पार्टी नेपालकी सांसद प्रमिला कुमारीले बोर्ड गठन गर्दा मानव विकास सुचकाङ्कमा पछाडि परेका समुदायलाई समावेस नगरिएको बताइन् । बोर्डमा महिलालाई समावेस गरेपनि पछाडि परेका समुदायलाई समावेस नगरिएकोले बोर्ड गठन सम्बन्धमा आफ्नो असहमती रहेको बताइन् ।

सांसद डा. विमला राई पौडयालले मानव संसाधनको विषयमा विधेयकले अझबढी केन्द्रीत भएर व्यवस्थाहरु राख्नुपर्ने बताइन् । त्यस्तै वोर्ड अन्तर्गत दुईवटा फाइनान्स विभाग राखिएको भन्दै यसमा थप स्पस्ट पार्न आग्रह गरिन् ।

बैठकमा रेल विभागका मानिर्देशक बलराम मिश्रले रेल्वे बोर्डको परिकल्पना गरिएको र सोही अन्तर्गत विभिन्न विभाग तयार गरी रेल्वे कम्पनीहरुमाथि नियमन गरिने व्यवस्था प्रस्ताव गरिएको बताए । आवस्यकता अनुसार देशका विभिन्न ठाउँमा कार्यालय खोली कार्य गरिने पनि उनले स्पस्ट पारे ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव कमलराज गौतमले रेल्वे वोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा रहने र आवस्यकता अनुसार नेपालभर जुनसुकै ठाउँमा पनि कार्यालय खोल्न सक्ने व्यवस्था गरिएको बताए । प्रदेश स्तरमा विस्तार हुँदै जाने सेवा अनुसार बोर्डले सिफारिस गरेको आधारमा मन्त्रालयले कर्मचारीको दरबन्दी र संरचना निर्माणको व्यवस्थापन गर्नेपनि उनले बताए ।

प्रस्तावित विधेयकमा बोर्डको प्रशासकीय प्रमुखको रुपमा काम गर्न नेपाल सरकारले एकजना रेल्वे प्रशासकको नियुक्ति गर्ने व्यवस्था पनि गरिएको छ । जसमा मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिलगरेको र सडक वा रेल्वे यातायातको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको र पैतीस वर्ष उमेर पूरा भएको व्यक्ति नियुक्त गर्ने व्यवस्था पनि विधेयकले गरेको छ । त्यस्तै ऐनमा अन्यत्र उल्लेखित भएकोमा बाहेकर बोर्डको तर्फबाट सम्पूर्ण काम गर्नका लागि एक कार्यकारी समिति रहने समेत उल्लेख गरिएको छ ।

भर्खरको समाचार

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

सम्बन्धित खबरहरु

Scroll to Top