डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै : अस्पताल

१२ असोज, काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका माग राख्दै १५ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीमा जिउ गल्ने, चक्कर लाग्ने, धड्कन बढ्ने लगायतका समस्या देखिन थालेको अस्पतालले जानकारी दिएको छ।

डा केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेका अस्पतालका डा सुवासप्रसाद आचार्यले डा केसीको रगतमा डब्लुबिसीको मात्रा कम भएको, सुगर कम भएको र पोटासियम लगायतका तत्व पनि कम देखिएको जानकारी दिएका छन्।

डा आचार्यको टोलीले अनसनरत डा केसीको स्वास्थ्य अवस्था जुनसकै बेला पनि गम्भीर हुन सक्नेसमेत बताएका छन्। उनलाई जुनसुकै बेला आइसियूमा सार्नुपर्ने अवस्था रहेकोसमेत अस्पतालले जनाएको छ ।

Advertisement

चिकित्सकहरूले उनको अवस्था खराब हुँदै गएपनि डा केसीले कुनै उपचार लिन मानेका छैनन्। उनले आफ्ना माग पूरा नहुन्जेल कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन्।

कुनै पनि बेला औषधि दिनुपर्न सक्ने अवस्था रहेकाले उनको नसा भने खोलिएको अस्पतालले जनाएको छ। डा. केसीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको जनाईएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top