अमेरिकी चुनावः ट्रम्प र बाइडनबीच पहिलो पटक आमनेसामने बहस

१३ असोज ७७, बुधबार

१४ आश्विन, एजेन्सी ।
संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिना हुन लागेको राष्ट्रपतीय चुनावअघि दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस सकिएको छ।

ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला उक्त बहस सुरु भएको थियो। बाइडनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका छन्। त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ।

मतदातालाई कस्तो सन्देश ?

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर लेख्छन्–

यदि यस बहसबाट ट्रम्पले अमेरिकीहरूलाई केही सन्देश दिन चाहन्थे भने त्यो देशले झेलेका समस्याहरू समाधान गर्न बाइडनसँग सार्वजनिक जिम्मेवारीमा रहँदाको झण्डै आधा शताब्दी समय थियो भन्ने हो।

ती समस्याहरू अमेरिकामा अझै छन् भन्ने उक्त भनाई रहेको भिडि‌ओको अंश बहस जारी रहेकै बेला राष्ट्रपतिको ट्विटरबाट प्रेषित गरिएको थियो। ट्रम्पले बाइडनलाई भनेः मैले ४७ महिनामा तपाईँले ४७ वर्षमा गरेको भन्दा धेरै काम मैले गरेको छु।

बाइडनको जवाफ पछि बहसमा देखिएको थियो। उनले भनेका थिएः यी राष्ट्रपति अन्तर्गत रहेर हामी कमजोर, रोगी, गरिब र थप विभाजित भएका छौँ।
महत्त्व
अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्त्व दिने गर्छन्।

ओहायोको क्लिभल्यान्डबाट प्रत्यक्ष प्रसारण भइरहेको उक्त बहस लाखौँ मानिसले हेर्ने अपेक्षा गरिएको थियो। कोरोनाभाइरसका कारण उक्त स्टुडियोमा भने केही मानिसहरू मात्र सहभागी भएका थिए। बहसमा पन्ध्र–पन्ध्र मिनेटका ६ वटा भाग थिए।

त्यसमा अर्थतन्त्र, कोरोनाभाइरस र सर्वोच्च अदालत लगायतका विषयमा बहस केन्द्रित भएको थियो। हालै उनले सन् २०१६ मा मात्र ७५० डलर आयकर तिरेको सार्वजनिक भएको थियो।

कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो।(बीबीसी)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top